Powered by Blogger.
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई सहिदपिताको जीतका लागि शुभकामना


 मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा तथा प्रदेशसभाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले सहिद बासुदेव घिमीरेको घरमा सहिद पितासंग आशिर्वाद लिएका छन् ।

मकवानपुरगढी ५, आमभन्ज्याङ निवासी सहिद घिमीरेका पिता कृष्णप्रसाद घिमीरेसंग निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार विरोध खतिवडा तथा प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले जितका लागि आशिर्वाद लिनुभएको हो ।

शहिद पिता घिमीरेले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई टिका लगाउँदै जितका लागि शुभकामना व्यक्त गर्नुभयो । ‘मेरो छोरोको रगत खेर नजाओस् । तपाईंहरुले आँटेको काम पूरा होस् ।’ सहिद पिता घिमीरेले भन्नुभयो ।  

यस्तै घिमीरेले देशमा राम्रो भएको देख्ने आफ्नो इच्छा रहेको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सहिदको सपना साकार पार्ने अपेक्षा राख्नुभयो । उम्मेदवार द्वयर खतिवडा र मोक्तानले सहिदको सपना साकार पार्नका लागि आफूहरुले आशिवार्द लिन आएको सहिद पिता घिमीरेलाई बताउनुभएको थियो ।

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन

मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ ।

मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन विरुद्घ उभिएका दलहरुका तर्फबाट साझा उम्मेदवारलाई जिताउनका लागि आव्हान गर्नुभयो । ‘काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत प्रतिगमन विरुद्घका दलहरुको साझा उम्मेदवारका रुपमा बाम लोकतान्त्रिक गठबन्का तर्फबाट हामी जनताको माझ आएका छौं ।’ खतिवडाले भन्नुभयो,‘  संविधान तथा व्यवस्था जोगाउँनका लागि साझा उम्मेदवारका रुपमा गठबन्धन निर्माण गरी जनताका माझ आएकाले हाम्रो जीत निश्चित छ ।’

यस्तै, प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले आफ्नो पार्टीको उम्मेदवार नभएपनि देशमा पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धनको उम्मेदवारलाई मत दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनमा आबद्घ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु प्रल्हाद लामिछाने, मानकुमारी नेपाली, एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णुप्रसाद दाहाल, पार्टीका भूमिनन्द अर्याल, अर्जुन दाहाल, यतिराज सापकोटा, राजवीर मोक्तान, माओवादी केन्द्रका राजकुमार खड्का लगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।

0 comments

Write Down Your Responses