Powered by Blogger.
जनताकाे सेवा गर्न जुनसुकै परिस्थिति सामना गर्न तयार छु : कुमारी मोक्तान

 


मकवानपुर/ नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज, बागमति प्रदेश सामाजिक बिकास मन्त्री तथा प्रदेश सभा मकवानपुर २ (क)  उम्मेद्वार कुमारी मोक्तानले जनताकाे सेवामा आफु जुनसुकै परिस्थितिको सामना गर्न तयार भएको बताउनुभयो । 


उहाँले लगातार जनताकाे सेवामा गर्नु नै आफ्नो जीवनको  लक्ष्य भएको समेत बताउनुभयो । 


दिपावली, नेपाल संवत्, छठ पर्वको अवसरमा शुभकामना दिदै मोक्तानले समाजको बिकासको लागि आफु सधैं जिम्मेवार र जवाफदेही हुने बताउनुभयो ।


उहाँले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा देशभर बाम लोकतान्त्रिक गठबन्धन भएको र समृद्ध नेपालको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन आम मतदाता समक्ष अनुरोध गर्नुभयो ।


ठुलो त्याग र समर्पणबाट प्राप्त राजनैतिक उपलब्धि र संबिधानको रक्षाका निम्ति गठबन्धन बनेकोले देशको संस्थागत बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई इमान्दारिताका साथ मतदान गर्न मोक्तानले सबै गठबन्धनमा सामेल दलका कार्यकर्तालाई अनुरोध गर्नुभयो ।


मकवानपुरको बिकासको लागि आफु सधैं सक्रिय भएको र संस्थागतरुपमा आउने योजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आफु सधैं तत्पर भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses