Powered by Blogger.
गठवन्धनको उमेदवारलाई जिताउनुको विकल्प छैन : प्रमोद जोशी

 




नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनको उदेश्य संविधानलाई स्थायित्व दिनु भएको बताउनु भएको छ ।


जोशीले भन्नुभयो, 'गठबन्धन केवल सरकार चलाउन मात्र बनेका होईन जनतालाई संविधान प्रदत्त अधिकारको प्रत्याभूति गराउनु हो।'


नेपाल संवत्, दिपावली र छठपर्वको शुभकामना दिदै सभापति जोशीले नेकपा माओवादी, नेकपा एकीकृत  समाजवादी लगायतका गठबन्धनको दलसंग काँग्रेसको सिद्धान्त नमिले पनि राष्ट्रिय मुद्दामा मिसन मिल्ने भएकोले यो एजेण्डामा बनेको गठबन्धन हो दलको सिद्धान्तसंगको होईन भन्ने कुरा सबैले बुझ्न अनुरोध गर्नुभयो ।


जोशीले संबिधान मूलुकको मूल कानून हो जसको आधारमा  राज्य संचालन हुन्छ। संविधान जारी भएको छ तर संविधानलाई संस्थागत गर्ने कुरामा दुई तिहाई जनमत पाएको ओली सरकारले संबिधानको मर्म बिपरित गएर पटक पटक संसद बिघटन गरेपछि र ओली बिधिमा नभएर ब्यक्तिले शासन चलाउने  सोच बिकास भयो यो अन्य दलहरुलाई मन परेन र संविधानको रक्षार्थ हालको गठबन्धनको सरकार बनेको र यो निर्वाचनमा पनि यहि गठबन्धनमा सहभागी भएको बताउनुभयो ।

 

जोशीले गठबन्धनको उमेदवार भएको हुनाले सबैलाई सबै निर्वाचन क्षेत्र भाग पुग्दैन नै अब जो जस्को भागमा जुन जुन निर्वाचन क्षेत्र परेको छ तत् तत् क्षेत्रमा गठबन्धनको उमेदवारलाई आगामी मंसिर  ४ गते हुने निर्वाचनमा जिताउन सबै जना लागि पर्नुको बिकल्प नभएको बताउनुभयो ।


काँग्रेसको मत माथि बिपक्षीले खेल्न थालेका छन् । थाहा नगरकाका काँग्रेस यो कुरामा सचेत रहन सभापति जोशीले आग्रह गर्नुभयो। 


उहाँले भन्नुभयो,  'दलीय ब्यबस्थामा दल प्रधान हुन्छ । दल भन्दा बाहिर गएर काम गर्न राजनीतिक कार्यकर्तालाई गार्हो हुन्छ । तर मेरो आग्रह तपाईंले यसो भनि रहँदा तपाईंको ईच्छा त पुरा होला तर देश कता पुग्छ ? मैदान नै रहेन भने खेल कहाँ खेल्ने? संबिधान नै स्थायित्व भएन भने अधिकार कहाँ खोज्ने? विपक्षीले जित्यो भने बिकास कसरी गर्ने? यो सबै कुराहरु गर्दा आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मतदान हुन्छ, गर्छन् र गर्नुपर्छ।'

0 comments

Write Down Your Responses