Powered by Blogger.
यसपटक जीतका लागि सबैभन्दा सहज अवस्थाः खतिवडा


मकवानपुर  । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले मकवानपुर जिल्ला प्रतिनिधीसभा क्षेत्र नं २ बाट उमेद्वारी दर्ता गराएका छन् । 

पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका खतिवडा जिल्लाकै प्रखर वक्ता र उचाईका नेता हुन् । खतिवडा लगायत गठवन्धनको तर्फबाट आइतवार संयुक्त ¥याली सहित उमेद्वारी दर्ता गराइएको हो ।

 यसैगरी मकवानपुर १ मा डिना उपाध्यायले उमेद्वारी दर्ता गराएकी छिन् । उनी नेपाली काँग्रेसकी सह महामन्त्री हुन् । उक्त क्षेत्रको प्रदेशतर्फ क बाट प्रेमबहादुर पुलामी र ख तर्फ आनन्दराम पराजुली तथा २ को क तर्फ कुमारी मोक्तान र ख तर्फ इन्द्रबहादुर बानिया उमेद्वार भएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट बाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका खतिवडा लगातार जित्दै आइरहेका व्यक्ति हुन् । 

आइतवार निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई खतिवडाले मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयन दर्ता गर्न गठवन्धनका तर्फबाट विशाल उपस्थिति सहित कार्यकर्ताहरु सडकमा निस्किएका थिए ।

 उमेद्वारी दार्त पछि खतिवडाले आफुहरुको उमेद्वारी संविधान र व्यवस्थाको पक्षमा भएको भन्दै सबैलाई गठवन्धनका पक्षमा मत दिन आग्रह गरे । 

उनले यसपटक जितको लागि सबैभन्दा सहज अवस्था भएको भन्दै राम्रो मतान्तरले आफ्नो टिमका सबै उमेद्वारले जित्ने दावी गरे । 




0 comments

Write Down Your Responses