Powered by Blogger.
ओम अध्याय रिट्रिटलाई विश्व पर्यटन दिवसमा विशेष सम्मान


मकवानपुर । ४३ औ विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरको ओम अध्याय रिट्रिट सम्मानित भएको छ । 

पर्यटन बोर्ड भृकुटी मण्डपमा आयोजित एक बिशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ग्रामिण क्षेत्रमा ३ तारे रिसोर्ट निर्माण तथा संचालन मार्फत स्थानीय उत्पादन र स्थानीय रोजगारीलाई प्राथमिकता दिइ विगत ६ वर्ष देखि ग्रामिण पर्यटन प्रवर्धनमा योगदान गर्दै आइरहेका भन्दै ओम अध्याय सम्मानित भएको हो । थाहा नगरपालिका वडा नं ६ स्थित ओम अध्याय रिट्रिट लाई मन्त्रालयको सचिवसुरेश अधिकारीले सम्मान स्वरुप कदरपत्र प्रदान गर्नु भएको हो । कदर पत्र रिसोर्टका सञ्चालक अर्जुन सिंंह ठकुरीले ग्रहण गरेका थिए । 

कार्यक्रममा देशै भरीका आन्तरिक तथा बाह्य पर्यटन व्यवसायमा संलग्न विभिन्न विधाकाः ट्राभल एजेन्सी, ट्रेकिंग एजेन्सी, होटेल रिसोर्ट, एयरलाइन्स, पर्वतारोही आदि मध्येबाट नेपालको पर्यटनमा विशिस्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई  सम्मान गरिएको थियो ।

 हरेक बर्ष प्रदान गरिने यो सम्मानका मन्त्रिस्तरीय निर्णयबाट बनाईएको सम्मान सिफारिस तथा छनौट समितिले ७ जना व्यक्ति तथा संस्थाको नाम छनौट गरेको हो ।  “राज्यबाट यसरी महत्वपुर्ण सम्मान पाउँदा हामी अत्यन्तै खुशी र गौरवान्वित भएका छौ । यो दौरान साथ, सहयोग र माया गर्नुहुने तथा सुधारात्मक प्रतिक्रिया दिनुहुने सम्पूर्ण प्रति आभारी छौँ । सानो भवनसहित आफ्नै गाउँको कुना र खोल्सामा खोलिएको रिसोर्ट देखी आज ४८ कोठे सुबिधा सम्पन्न तीन तारे रिसोर्ट र यो अवस्था सम्मको “आफ्नो गाउँ – ठाउँ चिनाउने  यात्रा“ जटिल तर रोमान्चक रह्यो” – ओम अध्याय रिट्रिटका संचालक अर्जुन सिंह ठकुरीले भने । 



असाध्यै ठुलो काम गरेर भन्दा पनि आफ्नै गाउँ ठाउँमा विविध जटिलता र जोखिमका बावजुत स्थानीय उत्पादन र स्थानीय रोजगारी सहितको ग्रामिण पर्यटन प्रवद्र्धनमा निरन्तर लागेकोम राज्यले सम्मान भन्दै उनले खुसी व्यक्त गरे । ‘आज टिस्टुङ–पालुङ् र समग्र थाहा नगरकै नाम पर्यटकीय स्थानको रुपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्ने प्रयास हाम्रो तर्फ बाट भएको छ, अबका दिनमा नयाँ र नबिन सोच र विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै विश्व स्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजानु पर्नेमा हामी सबैको जोड हुनुपर्दछ ’– ठकुरीले दामन पोष्टसंग भने । 

ठकुरीले अहिलेसम्म साथ र सहयोगका लागि स्थानीय सरकार, स्थानीय नागरिक तथा पाहुनाहरु प्रति हार्दिक आभार ब्यक्त गरे । हरेक बर्ष २७ सेप्टेम्बरमा बिश्व भरी मनाइने विश्व पर्यटन दिवस को ४३ औ संस्करणको नारा  ‘रिथिङकीङ टुरीजम’ रहेको  छ । 

कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गरेका थिए भने नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेल, ट्रेकिंग एजेन्सी एसोसियसन ओफ नेपालका अध्यक्ष निलहरी बास्तोला, होटेल एसोसियसन ओफ नेपालका प्रतिनिधि, पर्यटन संग सम्बन्धित विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो  थियो । 




0 comments

Write Down Your Responses