Powered by Blogger.
बैंक अफ काठमाडौं कर्मचारी संघद्धारा देशव्यापी ब्यानर प्रदर्शन


काठमाडौं । बैंक अफ काठमाण्डु कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । ४ बुँदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको हो । 

संघले बैंक अफ काठमांडू लिमिटेडको प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो ।

नियमित आन्तरिक बढुवा पदपूर्ति हुनुपर्ने, हरेक तहका कर्मचारीलाई वृत्ति विकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगायत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ ।

बैंक अफ काठमांडू लि र ग्लोबल आईएमई बैंक लिले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाईहरुको आन्दोलन हो र ? भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि कर्मचारी संघका एक सदस्य भन्छन् “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामीले ब्यवस्थापनसङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।”


0 comments

Write Down Your Responses