Powered by Blogger.
काठमाडौं–८ लाई नमुना क्षेत्र बनाउने पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गर्नुभएको छ । 

बिहिबार काठमाडौंको स्वयम्भुबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । 

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै उहाँले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्दको रुपमा विकास गर्ने बताउनुभयो । 

अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको बताउनुहुँदै उहाँले संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भुमिका खेल्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफु केन्द्रित हुने उहाँले बताउनुभयो ।

’सवै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’ मतदातासँग मन्त्री श्रेष्ठले भन्नुभयो, ’पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु।’ घरदैलो अभियानको पहिलो दिन बिहिबार काठमाडौं–८ का भगवान पाउ, विजेश्वरी, बडेगाल,फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले मतदाता भेटघाट गर्नुभएको थियो ।


0 comments

Write Down Your Responses