Powered by Blogger.
जुम्रीकाँडा

 

     


वैरागी जेठा

कोचिवाङ ,गोठीवाङ

प्रत्येक रातहरूमा

वर्जिवाङ ,बेलबास ,सारी र भिङ्ग्री बीच

बगिरहेकी हुन्छे ,माडी

विशाल पहाडका टाकुरा छिचोल्दै

तीनतारेका किरणसँगै

अल्झिएका हाम्रा यात्राका पाइलाहरू

झिसमिसेमा फुत्तफुत्त खस्छन्

रम्दी र बाग्दुल्ला ।

उफ्रिँदै उफ्रिँदै 

बीचरी माडी निकै थकति देखिन्छे

माण्डवीको गला रोकिएकोछ

यस् समय ।

घसारिएर  थिलथिलो छे

चकचके ।

बिहानी  सारङ्गी रेट्छे

गौमुखीको पाटनमा

ऊ रुँदा रुँदा 

आफैँ अचेत छे ।

मान्छेका मर्मभेदी प्रहारहरूलाई

सहँदै ,जुम्री काँडा

विचारको मादल ठोकीरही छ ।

0 comments

Write Down Your Responses