Powered by Blogger.
जाँड खुवाएर मान्छे पठाएछन्, यस्ता कुराले फरक पर्दैनः खतिवडा


मकवानपुर । मकवानपुर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्ताल्लिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् । 

मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरुले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरे ।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका बिरुद्ध, केपीका बिरुद्ध लड्ने ज्यान यहि हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्राकखुत्रुक कुराहरुले फरक पर्दैन । ’

खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै  उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उदण्डताका बिरुद्ध सधँै लड्न तयार रहेको उनले बताए । 

मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो । मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन । 

मदिरा सेवन गरि आएका ब्यक्ति खतिवडाको नजिकै पुग्दा आफै लडेको बताउँदै उनको उद्धार गरि प्रहरीको जिम्मा लगाइएको दलहरुको दाबी छ ।


1 comments

We concentrate on providing 바카라사이트 you with insider data regarding stay dealer casino gaming and past. In fact, the Ministry of Culture and Tourism takes this regulation enforcement very critically. On the other hand, on-line playing websites within South Korea are unlawful and are heavily targeted by the government.

Write Down Your Responses