Powered by Blogger.
मकवानपुरमा गठबन्धनको जित निश्चित

 


मकवानपुर, १ मंसिर/प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ नजिकिदै गर्दा मकवानपुरमा सत्ता गठबन्धनका उम्मेद्वारहरुले चुनाब जित्नेमा ढुक्क देखिएका छन् ।


निर्वाचन प्रचारप्रसार, घरदैलो कार्यक्रम र चुनावी सभाहरुमा मतदाताहरुको उपस्थिति र सहभागिताले उम्मेद्वारहरुले चुनाब जित्नेमा निश्चित भएका हुन् । गठबन्धनका उम्मेद्वारहरु ठुला चुनावीसभामा भन्दा पनि प्रत्यक्ष घरदैलो कार्यक्रम सहित मतदाता भेटघाटमा केन्द्रित छन् ।


५ दलिय गठबन्धनका साथ निर्वाचनमा होमिएको गठबन्धनका उम्मेद्वारहरु स्थानीय निर्वाचनमा उक्त दलका वडा अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा सहजै रुपमा निर्वाचन जित्ने देखिन्छ ।


मकवानपुरको क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी प्रभावशाली नेता महालक्ष्मी उपाध्याय (डिना) उम्मेद्वार हुनुहुन्छ भने बिपक्षी गठवन्धनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको समर्थनमा सुर्य चुनाव चिन्ह लिएर उम्मेद्वार हुनुहुन्छ । भने कमल थापाको पूर्व सहकर्मी दिपक बहादुर सिंह राप्रपाबाट उम्मेद्वार रहेका छन् ।


स्थानीय निर्वाचनमा उम्मेद्वारहरुले प्राप्त गरेका मतलाई हेर्ने हो भने कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आकलन गर्दा क्षेत्र नं. १ मा गठबन्धनका उम्मेद्वार डिनाले सहजै रुपमा जित्न सक्ने देखिन्छ ।


स्थानीय निर्वाचनमा कांग्रेसले करिव २६ हजार, नेकपा माओबादी केन्द्रले करिव २० हजार, कांग्रेस माओवादी गठबन्धनको करिब ३१ हजार मत गरि करिब ७८ हजार प्राप्त गरेका थिए । स्थानीय निर्वाचनमा एमालेले करिव ५९ हजार मत प्राप्त गरेको थियो ।



त्यस्तै मकवानपुरको क्षेत्र नं. २ मा गठबन्धन कै बिरोध खतिवडा यस पटक पनि दोब्बर मतले चुनाव जित्नेमा ढुक्क छन् । यही क्षेत्रमा नेकपा एमालेका महेश बर्तौला उम्मेद्वार हुनुहुन्छ । खतिवडाको चुनाव जित्ने आधार भनेको स्थानीय निर्वाचनमा गठबन्धनमा सहभागी दलहरुले प्राप्त गरेको मत नै  मुख्य आधार हो ।


गत स्थानीय निर्वाचनमा कांग्रेसले करिब ३५ हजार, नेकपा माओबादी केन्द्रले करिब २३ हजार, एकीकृत समाजवादीले करिब ३ हजार मत, राष्ट्रिय जनमोर्चाले करिब ५ सय गरी करिव ६१ हजार ५ सय मत प्राप्त गरेका थिए । स्थानीय निर्वाचनमा एमालेले करिव ३६ हजार मत प्राप्त गरेको थियो ।


त्यस्तै प्रदेश सभामा पनि गठबन्धनकै उम्मेद्वारहरुले जित्ने लगभग निश्चित देखिन्छ । उनीहरुको जितमा पनि गठबन्धनको महत्वपूर्ण भूमिका रहेको छ । प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका प्रेमबहादुर पुलामी उम्मेद्वार छन् । उनी निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । स्थानीय निर्वाचनको आधारमा प्रदेश सभा (क) मा हालको सत्ता गठबन्धनले करिव ५५ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव ३९ हजार मत प्राप्त गरेको थियो ।



प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा भने नेपाली कांग्रेसका आनन्दराम पराजुली उम्मेद्वार छन् । यस क्षेत्रमा पनि पराजुली चुनाव जित्नेमा ढुक्क देखिन्छन् । कांग्रेसका प्रभावशाली नेता तथा सबैमाझ लोकप्रिय पराजुलीले चुनाव जित्ने मुख्य आधार भनेकै गठबन्धन हो ।


स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (ख) मा हालको सत्ता गठबन्धनले करिव २३ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव २० हजार मत प्राप्त गरेको थियो ।



साथै प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज कुमारी मोक्तान उम्मेद्वार हुनुहुन्छ । बागमती प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहनुभएकी मोक्तान सहजै रुपमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (क) मा हालको सत्ता गठबन्धनले करिव ३२ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव २१ हजार मत प्राप्त गरेको थियो ।


प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्र बहादुर बाँनिया उम्मेद्वार हुनुहुन्छ । बाँनिया पनि सहजै रुपमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (ख) मा हालको सत्ता गठबन्धनले करिव २८ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव १६ हजार मत प्राप्त गरेको थियो ।

0 comments

Write Down Your Responses