Powered by Blogger.
सांग्रिला कल सेन्टरको रुपमा साग्रिला कस्टुमर केयर सञ्चालनमा


काठमाडौं । सांग्रिला डेभेलपमेन्ट बैंक लि. ले आफ्नो ग्राहक महानुभाव माझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा कल सेन्टरको रुपमा साग्रिला कस्टमर केयर  इकाइको शुरुवात गरेको छ । 

कल सेन्टरको रुपमा स्थापित यस साग्रिला कस्टमर केयरबाट प्रवाह हुने सेवाले ग्राहकका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने कुरामा बैंकले विश्वास लिएको बताएको छ ।    

साग्रिला कस्टमर केयर  इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, उहाँहरुलाई पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु हो ।  

यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको साग्रिला कस्टमर केयर   मा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवा संग सम्वन्धित समस्याहरु समाधान गर्न सक्नुहुनेछ ।

 ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५ ः ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३ ः ३० सम्म लिन सक्नेछन् । 

तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत साग्रिला कस्टमर केयर   मा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर,एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमा देखिएका विभिन्न समस्याहरुका  समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।  

यस इकाइको शुरुवात भए प्रश्चात ग्राहक माहानुभावहरुले घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।  

यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उहाँहरुको समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको व्यहोरा जानकारी गराइन्छ । 

यदि कुनै समस्या इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको बताइन्छ । 

 दैनिक रुपमा सयौंको संख्यामा यसमा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई पूर्ण रुपले समाधान गर्दै आएको छ ।

बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द«मा रहेको यस इकाइ मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नु हुनेछ । तसर्थ यस सम्वन्धि सेवाले आगामी दिनहरुमा यसले ग्राहक तथा सरोकारवालाहरुलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ ।

 यसबाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधी खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने व्यहोरा समेत जानकारी गराइएको छ । 


0 comments

Write Down Your Responses