Powered by Blogger.
काठमाडौंमा रहेका मकवानपुरेका बीचमा वृहत कार्यक्रमको तयारी


काठमाडौं । पाँच दलीय गठवन्धन  निकट मकवानपुर काठमाडौ सम्पर्क समन्वय समितिले काठमाडौंमा वृहत भेला गर्ने तयारी गरेको छ ।  

वाम–लोकतान्त्रिक गठवन्धन सम्पर्क समितिका पदाधिकारीको बैठकले आगामी शनिवार वृहत उपस्थितिमा कार्यक्रम गर्न लागेको हो । 

उक्त कार्यक्रममा काठमाडौंमा रहेका पाँचदलीय कार्यकर्ता बाहेक विद्यार्थी, मजदुर, वुद्धिजिवी, समाजसेवी लगायत सबैलाई उपस्थितिका लागि आव्हान गरिएको छ । 

यही कात्तिक १९ गते शनिवार अपरान्ह ४ बजे मेगा बैंकट  बाफलमा भेला बोलाइएको छ । उक्त कार्यक्रममा गठवन्धन तर्फका मकवानपुरका प्रतिनिधी सभाका उमेद्वारहरु विरोध खतिवडा, महालक्ष्मी उपाध्याय डिना तथा प्रदेश तर्फका उमेद्वारहरु इन्द्रबहादुर बानिया, कुमारी मोक्तान,  प्रेमबहादुर पुलामी आन्नद राम पराजुली लगायत अन्य नेताहरुको पनि उपस्थिति रहने बताइएको छ । 

निर्वाचन लक्षित बृहत् कार्यक्रम भएकोले काठमाडौंमा रहेका सबै मकवानपुरेलाई  उपस्थितिका लागि आव्हान गरिएको नेकपा माओवादी केन्द्र केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य तथा मकवानपुर इन्चार्ज विनोद महर्जनले जानकारी दिए । 


0 comments

Write Down Your Responses