Powered by Blogger.
नोबेल साकोसको ८८ औं शृंखला सम्पन्न


काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले आफ्नो ८८ औं कार्यक्रम शृंखला सम्पन्न गरेको छ । शनिबार वरिष्ठ साहित्यकार समेतको उपस्थितिमा रचना वाचन गरी ८८ औं शृंखला मनाइएको हो । 

रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सरस्वती गौतम सभापतिको रुपमा रहेकी थिइन् भने प्रमुख अतिथिमा दामोदर पुडासैनी किशोर, विशिष्ट अतिथि पुष्प प्रसाद लुइँटेल, विधान आचार्य, शितल गिरी, डा. अभिषेक चतुर्वेदी तथा अतिथिहरुमा डा.बासुदेब काफ्ले, कवि तथा कलाकार घनश्याम गौतम, साहित्यकारहरु भाग्यशाली अधिकारी, किशोर पहाडी, निर्मल रमण पराजुली, हृदय अधिकारी, डा. बिश्वमोहन आचार्य, महेश रिजाल, सुरेश बैध, टिएन भट्ट र संस्थाका संरक्षक पुष्प रन्जित रहेका थिए । कार्यक्रमा संस्थाका महासचिव सुशिला ढकाल अधिकारीले स्वागत गरेकी थिइन् ।

 नाम दर्ता गरेर कुपन लिएर मात्र रचना वाचन गर्न पाइने उक्त कार्यक्रममा ३० भन्दा बढी स्रस्टाहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा विधान आचार्यको कविताले साहित्यिक माहोल जमाएको थियो । सरस्वती गौतम, गीता अर्याल, सीता घिमिरे, कविता खड्का, टि एन भट्ट बिश्वमित्रलगायतका कवि–कवयित्रीहरुको रचना निकै उत्कृष्ट थिए । राजन न्यौपानेको कार्यक्रम सञ्चालन गर्ने शैली रोचक रह्यो । यसैबीच कार्यक्रममा डा.दामोदर पुडासैनी ‘किशोर’ लाई सम्मानित गरिएको थियो । 



संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै डा.पुडासैनीलाई सम्मानित गरिएको बताइएको छ ।




0 comments

Write Down Your Responses