Powered by Blogger.
भानुभक्त जोशीलाई पत्रकारहरुले दिए बधाई



काठमाडौं । बझाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्वमन्त्री भानुभक्त जोशीलाई समाजबादी प्रेश संगठन नेपालको टोलीले काठमाडौमा बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनको तर्फबाट बधाई ग्रहण गर्दै उहाँले आगामी दिनमा संगठनको सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता जनाए । 

नेकपा एकिकृत समाजवादीका  केन्द्रीय सदस्य चमिना भर्टराई, उपाध्यक्ष बिश्वमणी सुवेदी, शन्तराम बिडारी, भवानी कार्की, राजेन्द्र कुँवर, महासचिव भुपराज खड्का, उपमहासचिव रामकुमार एलन, सचिब नेपोलियन चेपाङ,  केन्द्रीय सदस्य रमा न्यौपाने, आशिष गुरागाँइ, आशिष सिंह , निर्मल अधिकारी लगाएतको टिमले बधाई तथा शुभकामना दिएका छन् । 

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुबेदीले ‘बझाङ जिल्लाको जनप्रतिनिधि मात्र नभएर देश लाई अप्ठारो परेको जनताको पक्षमा बोल्दै आउनुभएको छ । अझै आउने दिनमा पनि संसद हँुदा वा सरकारमा जाँदा मन्त्री हुदा सधै जनताको पक्षमा काम गर्न’  सुझाव दिएका छन ।  उपाध्यक्ष शन्तराम बिडारीले पत्रकार भएकाले तपाईले गलत गरेको हामीले टुलुटुलु बसेर हेर्न नसकिने भएकाले राम्रो काम गर्नु भन्दै बधाई दिए । 

कार्यक्रममा बोल्दै जोशीले सधै जनताको पक्षमा मतदाताको पक्षमा सरकारमा हुँदा अन्यायका बिरुद्ध बोल्ने  र न्यायका पक्षमा आफु लागिपर्ने प्रण गरे । 


0 comments

Write Down Your Responses