Powered by Blogger.
शिक्षासेवी शाक्यद्धारा सहयोग


काठमाडौं । ओम एजुकेशन एकेडेमी विद्यालयका  प्रधानअध्यापक  एवम् समाजसेवी व्यक्तित्व चन्द्ररत्न शाक्यले असाहय तथा अनाथ बालवालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।   

काठमाडौं महानगरपालिका वडा नं १५ डल्लु स्थित श्री अनाश्रित बालबालिका उत्थान केन्द्र नेपालमा पुगी आश्रित बालवालिकालाई उहाँले खाद्यान्न सहयोग गरेका हुन् । 



सो अवसरमा उहाँले सस्थाको  अवलोकन गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले खाद्यान्न उपलब्ध गराई ठुलो सहयोग गरिदिनु भएकोमा हार्दिक आभार र धन्यवाद  प्रकट गरे ।  ओम एजुकेशन क्षेत्रपाटीले शिक्षाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । 

सो विद्यालयले छात्रवृति कोटामा असाहय विद्यार्थीहरुलाई निशुल्क पठनपाठनको व्यवस्था गर्दै आइरहेको छ । सोही क्रममा सो संस्थाका केही बालवालिकालाई समेत निशुल्क अध्ययनको व्यवस्था गर्दै आएको अध्यक्ष शिवाकोटीले बताए । 

उनले भने, ‘समाजको र शिक्षा छेत्रमा पु¥याउनु भएको टेवा र योगदानको हामी कदर गर्छौ र त्यसको निमित्त  हामी सदैब आभारी छौ । हामी उहाँको र समस्त परिवारको उत्तर उत्तर प्रगति र स्वास्थ लाभ को कामना गर्द्छौ ।’




0 comments

Write Down Your Responses