Powered by Blogger.
सरकारले जनचाहना अनुसार काम गर्नुपर्छः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री  माधवकुमार नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भएको छ । 

शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै नेता नेपालले को पदमा आसीन हुनेछ, त्यो महत्त्वपूर्ण नभएर त्यसले के गरिरहेको छ , त्यो महत्त्वपूर्ण भएको बताउनु भयो । 

‘देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्ने भन्दै ‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन्। ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ। जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ। एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो । ’उहाँले भन्नुभयो । 

‘एउटा गठबन्धन अघि बढिरहेको थियो। त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो। यो गठबन्धन पनि कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन,–उहाँको भनाई थियो । 



नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिनिधीसभा तथा प्रदेश सभामा भक्तपुरबाट निर्वाचित सांसदहरुलाई बधाई दिनुका साथै पत्रकारहरु भरतवन्धु थापा, कविता थापा, प्रविणराज जोशी र नबिना खर्बुजालाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । 



कार्यक्रममा प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, धनेश्वरी प्रजापति, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाँइ, महासंघका पुर्व अध्यक्ष तथा राससका अध्यक्ष धमेन्द्र झा, महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, वरिष्ठ पत्रकार दामोदर दवाडी,  केन्द्रीय सदस्य ज्ञान पौडेल, उपत्यका प्रदेशका पुर्व सचिव तथा शाखा सल्लाहकार अमर भुजु, उपत्यका उपाध्यक्ष रोजिना थापा, काठमाडौं शाखा अध्यक्ष सुर्य सुबेदी, ललितपुर शाखा सचिव रामहरि कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सचिव सञ्जिव घिमिरे सुशचिन्तकले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लिला श्रेष्ठले गर्नुभएको थियो । 




0 comments

Write Down Your Responses