Powered by Blogger.
मकवानपुरे समाजको पहलमा जिल्लामा ह्वील चियर र सेनेटरी प्याड वितरण



काठमाडौं । मकवानपुरे समाज काठमाडौंले हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई ह्वीलचेयर सहयोग गरेको छ । 

विद्यार्थीलाई आउजाउ गर्न सहयोग पु¥याउने उद्देश्यले बुधबार आशा विशेष पाठशाला व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौलागाईँलाई २ वटा ह्वीलचेयर हस्तान्तरण गरेको हो ।

यस्तै मकवानपुरे समाज काठमाडौंले हेटौंडा –१ नकौली स्थित श्रीकालीका आधारभुतका बिध्यार्थी छात्राहरुलाई सेनेटरीप्याड बितरण गरेको छ ।

कार्यक्रममा मकवानपुरे समाजका सल्लाहकार कृष्ण घलान , कार्यसमिती सदस्य सरीता कार्की , मकवानपुरे सदस्यहरु राजकुमार जोशी ,मिनु अग्रवाल, मधु दंगाल , मन्जु मानन्धर ,पवित्रा दाहाल, राजाराम कार्की, एनआरएन अष्ट्रिया निवासी डिआर नेपाल ,हरिशंकर साह ,गोपाल तिवारी र समाजका अध्यक्ष अरुण गुरुगंको उपस्थिती रहेको थियो ।



यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष एवं मकवानपुरे समाजका सल्लाहकार दीपक खड्काले बुधबार १७ वर्षिया खुट्टाको क्यान्सर पीडित हेटौंडा नयाँवस्तिकी संगिता बल तामाङलाई व्हिल चेयर वितरण गर्नु भएको छ । 

मकवानपुरे समाज काठमाडौंद्धारा आयोजित सो कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण ग्लान तामाङ, एन. आर.एन.ए.का प्रतिनिधि तथा संस्थाका आजीवन सदस्य डि.आर.नेपाल, समाजका सदस्य मन्जु मानन्धर, लायन्स क्लब हेटौंडा भुटनदेवी सेन्टिनियलका कोषाध्यक्ष राजाराम कार्की, लायन्स क्लब हेटौंडा भुटनदेवी सेन्टिनियलका संस्थापक अध्यक्ष समाजका सदस्य मिनु अग्रवाल, सिद्धान्त गुरुङ, समाजका कार्यसमिति सदस्य सरिता कार्की सहित मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङको उपस्थिती रहेको थियो ।




0 comments

Write Down Your Responses