Powered by Blogger.
चितवनको खैरहनीमा आजबाट ‘थाहा फोटो प्रदर्शनी’ हुने


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग बाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ (आज) देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनी हुने भएको छ । 

स्थानीय फोटोग्राफर गणेश बिष्टले खिचेका थाहा नगरपालीका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० थान फोटो उक्त महोत्सवमा प्रदर्शनी हुनेछ । 

आन्तरिक पर्यटकलाई आकर्षित गर्ने तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले यो महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णुबहादुर बिष्टले बताउनु भयो । 

उहाँले यस अघि काठमाडौमा फरक सोचको समन्वयमा कार्तिक १९–२० र २१ गते गरिएको प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेको र त्यस प्रदर्शनीले थुप्रै आन्तरिक पर्यटकलाई थाहा सम्म आउने वातावरण बनाएको समेत बताउनु भयो । 

यस पटकको प्रदर्शनीमा भने थाहा नगरको आयोजनामा फरक सोचको समन्वय रहने छ भने कार्यक्रमको ब्यवस्थापन थाहा नगर उधोग बाणिज्य संघले गर्नेछ । 

१० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने आफ्नो पुर्वानुमान रहेको कार्यक्रमका संयोजक तथा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिनुभयो ।

फरक सोच अभियानले आफ्नो ब्यवस्थापनमा काठमाडौको हनुमानढोका दरबार स्क्वायर परिसरमा भएको फोटो प्रदर्शनीमा फोटो बिक्री गरेर प्राप्त भएको ८० हजार ६ सय रुपैयाँ राजस्व सहित प्रदर्शनीका निम्ति तयार पारिएका ६३ थान माउन्ट गरिएको ४० हजार ८ सय २४्र रुपैयाँ बराबरको फोटो समेत नगरलाई बुझाएको जनाएको छ ।

 चितवनमा हुने महोत्सवमा अहिले तिनै ६३ थान मध्येका ६० थान फोटोहरु प्रदर्शन हुदैछन् ।



0 comments

Write Down Your Responses