Powered by Blogger.
अशोक शेरचनलाई पुनः सिईओ बनाउने प्रभु बैंकको निर्णय


काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बिहीबार साझ बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई आगामी कार्यकालका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो । उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियुक्त भएका थिए ।

सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि शेरचनले तेश्रो कार्यकाल पक्का गरेका हुन् । सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । 

यस्तै रिजर्भ बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बिकास बैंकबाट बाणिज्य बैंक बनेको प्रभुले किष्ट र ग्रान्ड जस्ता खराब सस्थालाई सम्हाल्दै अघि बढेको हो ।




0 comments

Write Down Your Responses