Powered by Blogger.
मकवानपुर जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न


हेटौंडा । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेड हेटौंडाको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार बागमती प्रदेश सरकार, भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदनका साथै आ.ब. २०७८÷०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकालले प्रस्तुत गर्नुभएको २०७९÷०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैंया बराबरको अनुमानित बजेट समेत पारित गरेको छ ।

साधारण सभाकै अवसरमा संघको कार्यक्रम संयोजकको रुपमा कार्यसम्पन्न गर्नुभएका शिवहरि दाहालाई दोसल्ला ओढाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक एबं संघका निबर्तमान अध्यक्ष बद्रि प्रसाद लम्साल, केन्द्रिय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवं कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक बिमल कुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकबानपुर अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकबानपुरका सचिव विरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि. हेटौडा शाखा प्रमुख श्री रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

संघका सहसचिव शर्मिला श्रेष्ठले सञ्चालन गर्नुभएको सभामा संघका उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


0 comments

Write Down Your Responses