Powered by Blogger.
थाहा पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित


पालुङ । रुपचन्द्र विष्टको ८९ औं जन्म दिवश अर्थात थाहा दिवसका अवसरमा  स्थानीय पत्रकार शम्भु अधिकारी थाहा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

फरक सोचले थाहा दिवसका अवसमा प्रदान गर्ने थाहा पत्रकारिता पुरस्कार  २०७९  थाहापाटी डटकमका कार्यकारी सम्पादक अधिकारीलाई प्रदान गरिएको हो । अधिकारी प्रेस सेन्टर थाहा नगर कमिटीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखा सदस्य तथा थाहानगर पालिकाका प्रेस संयोजक छन् । 

अधिकारीले थाहा नगरमा रहेर पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा  सहयोग गरेकाले थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजक फरक सोचले जनाएको छ । 

प्रत्येक वर्ष २६ पौषमा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्म जयन्तीको अवसर पारेर फरक सोचले थाहा पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित ताम्रपत्रबाट सम्मानित गर्दै आएको छ । 

थाहा नगरमा मंगलबार आयोजित एक विशेष समारोहमा नगर प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

यता रुदाने(रुपचन्द्र बिष्ट ) को ८८ औं जन्मदिनको अवसरमा थाहा  नगरपालिका र फरक सोच अभियानको आयोजनामा आयोजित कार्यक्रममा थाहा पत्रकारिता पुरस्कार २०७८ द्वारा  भने दामन पोष्टका सम्पादक शन्तराम बिडारी पुरस्कृत भएका थिए । 

उनलाई नगद ११,१११ रुपैया सहित  गतवर्ष सम्मानित गरिएको थियो ।  बिडारीले सम्मानपत्र ग्रहण गर्दै पुरस्कार बापत प्राप्त रकम भने फरक सोच समूह मार्फत रुदाने बारे लेख, रचना,खोज र अनुसन्धान गर्ने प्रयोजनका लागि लेखनबृती स्वरुप खर्च गर्ने शर्तमा आयोजकलाइ नै फिर्ता गरेका थिए ।


0 comments

Write Down Your Responses