Powered by Blogger.
थाहा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न, समयमै योजना सम्पन्न गर्नुपर्नेमा जोड


पालुङ । थाहा नगरपालिकाले आफ्नो १२ औं नगरसभा तथा हिउँदे अधिवेशन पुस २८ गते बिहिवार पालुङ जेसीज हलमा सम्पन्न गरेको छ । 

अधिबेसनले आथिक वर्ष २०७९–८० को स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो ।

हिउँदे अधिवेशन पहिलो पटक संसदीय पद्धतिमा रहेर गरिएको हो । नगरसभाको नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । 

उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले बागमती प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ , नेकपा माओवादी केन्द्र थाहा नगरका सचिब लक्ष्मण बिष्ट ,राप्रपा नेपालका नगर उपाध्यक्ष राधेश्याम रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका उपाध्यक्ष संजय गोपाली, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली, थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।

नगरसभाको उद्घाटन समारोहलाई शुभकामना दिदै अतिथिहरुले थाहा नगरको समृद्धिको लागि आफ्नो आम्दानीको श्रोत खोज्नुपर्ने बेला आएको बताउदै कृषि र पर्यटनमा लगानी र बजेट बढाउन आग्रह गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । 

उनले  नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिएको विश्वास व्यक्त गरे । 



उनले भने, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’  नगर सभाकै अवसरमा नगर भित्र उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

पुरस्कृत हुनेहरुमा थाहा नगरपालिकामा प्रशासन शाखाका अधिकृत ( छैटौं) उमेश श्रेष्ठ ,महिला तर्फ महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान ,वडा सचिव अनु रुपाखेती, स्वास्थ्य सेवा तर्फ अनमी सितामाया जिरेल र कार्यालय सहयोगी विन्दुकुमार श्रेष्ठलाई प्रसंसापत्र सहित सम्मानित गरियो ।




0 comments

Write Down Your Responses