Powered by Blogger.
बिदुरको होटल दास इनमा ग्राहकलाई २० प्रतिशत छुट



नुवाकोट । होटल दास इनमा विविध उत्सव मनाउँदा ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् ।  नुवाकोटको विदुरमा यसैवर्ष सञ्चालनमा आएको उक्त होटलले ग्राहकको उत्सव र खुशियालीलाई सुखद् बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने प्याकेज ल्याएको हो ।

 ग्राहकको हितलाई ध्यान दिई यो छुट योजनाको व्यवस्था गरिएको प्रबन्धक निर्देशक गोपीदास श्रेष्ठले जानकारी दिए ।

होटलमा जन्मदिन, वार्षिकोत्सव वा कुनै पनि उत्सव मनाउन आउने ग्राहकलाई होटलको बार र खानामा २० प्रतिशत छुट प्रदान गरिने श्रेष्ठले बताए । ग्राहकको खुसीलाई उत्सवमा मनाउने प्रयासलाई होटलले यस किसिमको योजना ल्याएको श्रेष्ठले बताए । 

होटलले नजिकिदै गरेको प्रणय दिवसलाई समेत लक्षित गर्दै होटलमा उत्सव मनाउने ग्राहकलाई निःशुल्क रुपमा केक बजार तथा बेकरीको एउटा केक प्रदान गरिने छ । होटल काठमाडौंबाट नजिकै रहेकोले आन्तरिक पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।

यो योजना पुष २९ गतेदेखि फागुन १७ गतेसम्म ग्राहकले लाभ लिन सक्नेछन् । होटलमा डेबिट कार्ड वा क्यूआर कोड तथा डिजिटल भुक्तानी कारोबार गर्न सकिने सुविधा रहेको छ ।

होटलमा सभाहल, सुविधायुक्त तथा आरामदायी कोठा, रेष्टुरेन्ट तथा बार, फाइबर इन्टरनेट र पार्किङको सुविधा रहेको छ ।


0 comments

Write Down Your Responses