Powered by Blogger.
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ



काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस  हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिद्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो । 

नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा  सिरहा जिल्लास्थित  लाहान नगरपालिका वडा नम्बर  १९ स्थायि  घर भएका वर्ष ३० का मोहम्मद ओसिन र  सोहि नपा  १०  स्थायी घर  भएका  २२ वर्षिय मोहम्मद राज शेख  रहेका छन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ । 

उनीहरुलाई बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।                        


0 comments

Write Down Your Responses