Powered by Blogger.
माघ २८ गते मकवानपुरे समाजले आयोजना गर्दैछ वृहत वनभोज


काठमाडौं ।  मकवानपुर घर घई विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्ने सम्पूर्ण मकवानपुरे बीच भाइचारा अभिवृद्धिका साथ सामाजिक उत्तरदायित्व पनि बहन गर्नका लागि मकवापुरे समाजले वृहत बनभोज कार्यक्रम सम्पन्न गर्दै छ । 

यही २०७९ सालको आगामी माघ २८ गते शनिबारका दिन बिहान ८ बजे देखि साँझ ४ बजे सम्म टौदह स्थित रेड रुवी रिर्सोटमामा बृहत वनभोज कार्यक्रम आयोजना गरिने भएको हो ।

असहायहरुको स्वस्थ र शिक्षाको लागि सहयोगार्थ भन्ने नाराका साथ आयोजना गरिएकोले उक्त कार्यक्रमबाट बचेको रकम आफ्नै भूगोल भित्रका असहायहरुलाई स्वास्थ्य र शिक्षाको लागि खर्च गरिने उद्देश्य राखिएको समाजका अध्यक्ष अरुण गुरुङले बताउनुभयो । 

बृहत वनभोजमा ऊर्जा राज्य मन्त्री दिपकबहादुर सिंह,  सांसद महेश बर्तौला, इन्द्र बानियाँ, महालक्ष्मी डिना,  पूर्वमन्त्री कमल थापा , संविधानसभा सदस्य रामनारायण बिडारी, वरिष्ठ न्यूरो सर्जन डा गोपालरमण शर्मा, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, जयराम लामिछाने  लगायतका चिकित्सक, बुद्धिजीवी, खेलाडी, कलाकार, सामाजिक व्यक्तित्व लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ । 

५ सय भन्दा बढी मकवानपुरेको उपस्थितिको आशा गरिएको यस वनभोज कार्यक्रमबाट सम्पूर्ण मकवापुरेलाई समाजको सामूहिक छाता भित्र संगठित गर्दै सामाजिक कार्यमा पनि क्रियाशिल रहिरहनका लागि प्रेरणा दिने मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक विजयविक्रम श्रेष्ठ जानकारी दिनुभयो ।  


प्रति व्यक्ति रु १५ सय सहयोगार्थ शुल्क निर्धारण गरिएको छ भने सोही सहयोगार्थ रकम तथा अन्य सहयोगार्थ रकमबाट आफ्नो जिल्ला भित्र प्रभावकारी हुनेगरी असहायहरूका लागि सहयोग गर्ने योजना रहेको श्रेष्ठको भनाई छ । 

२०७५ सालमा स्थापना भएको समाजले रक्तदान कार्यक्रम, व्हील चेयर वितरण, स्यानिटरी प्याड वितरण कार्यक्रम, स्यानिटरी प्याड राख्ने भेण्डिङ मेसिन वितरण न्यानो कपडा वितरण कार्यक्रम जस्ता थुप्रै सामाजिक कार्य सफलता पूर्वक सम्पन्न गरी सकेको र आगामी दिनहरु मा पनि यी यावत कार्यहरुको लागि सक्रिय रहेको बताइएको छ । 


0 comments

Write Down Your Responses