Powered by Blogger.
टिस्टुङमा ६४ शिव लिङ्गको प्राण प्रतिष्ठा सहित हवन, लघुरुद्री, विशेष पूजा सम्पन्न


बज्रबाराही(टिष्टुङ, मकवानपुर ) । थाहानगरपालिका – ६ स्थित श्री उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको अवसर पारेर  ६४ शिवलिङ्गको प्राण  प्रतिष्ठा ( हवन , लघुरुद्री , विशेष पूजा )  सम्पन्न गरिएको छ । 

एक व्यक्त्ति एक शिव लिङ्ग स्थापना अभियान को क्रममा  मनकारी दाताहरुबाट  संकलित रकमबाट स्थापना गरिएको ८४ शिवलिङ्ग र मुर्तीहरुको प्राण प्रतिष्ठा गरिएको हो ।  

उन्मत्तेश्वर मन्दिर निर्माण  समितीद्वारा आयोजित  कार्यक्रममा करिव २० जना पन्डित तथा पुरोहित द्वारा विधिवत मन्त्र पाठ गरी हवन , रुद्री र विशेष  पूजा समेत गरिएको थियो   । 

 श्री स्वस्थानी व्रतकथामा  उल्लेख गरिए अनुसार चित्रकान्ति र शुवर्ण नदिको संगम  स्थलमा अवस्थित यस महादेव मन्दिर माता सतिदेवीको दाहिने घुँडा पतन भए पछि उत्पन्न भएका हजारौँ शिलाहरुले तपस्या गरि महादेवबाट  वरदान प्राप्त गरेपछि उत्पती भएको बताइन्छ । 



एउटा सानो जलकुण्ड र शिलाको रुपमा रहेको मन्दिरलाई  संरक्षेण  र प्रवर्दन गर्नका लागि स्थानियको  सकृयतामा बिगत १० बर्ष देखी  मन्दिर निर्माण समिती नै गठन गरेर  मन्दिरको  थुप्रै पुर्वाधारहरु  निर्माण  भैरहेको छ  भने विभिन्न देवी देवताको मुर्तीहरु स्थापना गरिएको छ । 

कार्यक्रमको औपचारिक संचालन मन्दिर निर्माण समितीका सचिव कृष्ण प्रसाद लामिछानेले गर्दै  मन्दिरको विकास र प्रवर्दन गर्नका लागी आफूहरुको योजना थुप्रै रहेको र हरेक वर्ष विविध  पुजापाठ  गर्ने र  चाँडै सामुहिक व्रतबन्ध समेत गर्ने जानकारी दिनु भयो । 

समितिका अध्यक्ष गुणराज उपाध्याय अर्यालले पुजामा उपस्थित सम्पूर्ण श्रदालू भक्तजन र दाताहरुलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।  




0 comments

Write Down Your Responses