Powered by Blogger.
अनुदानको मल बिचौलियामार्फत महंगोमा किन्नुपर्ने बाध्यता हटाइयोस्ः सांसद बर्तौला


काठमाडौं । नेकपा एमालेका मकवानपुर २ बाट प्रतिनिधीसभाका लागि सांसद महेश कुमार बर्तौलाले सरकारी अनुदानकै रासायनिक मल समेत बिचौलियामार्फत खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘मेरो गाउँ मकवानपुर क्षेत्र नम्बर २ बिभिन्न प्रकारका मौसमी तथा बेमौसमी र अन्नबालीको पकेट क्षेत्र हो । मेरो गाउँका किसानहरु यतिबेला तपाईं र हाम्रालागि तरकारी र अन्न उत्पादन गर्न खेतबारीमा छन् । तर दुर्भाग्य उनीहरुले आवश्यक मल पाउन सकिरहेका छैनन् । सरकारी अनुदानकै मल बिचौलियाहरुमार्फत महंगोमा किन्नुपर्ने बाध्यता रहेको छ’ बर्तौलाले भने । 

यसका अलावा आफ्नो जिल्लाका मह, दूध उत्पादक किसानहरु र कुखुरा तथा खसीबोका व्यवसायीहरुले उत्पादन लागत अनुसार मुल्य नपाउँदा ‘किसानहरुको आत्मा रोइरहेको’ बर्तौलाले बताए । 

अविलम्ब यस्ता समस्याहरुको समाधान गर्न पनि उनले सरकारलाई आग्रह गरे । 

सांसद बर्तौलाले आफु थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्ट र जनआन्दोलनका सहित बासुदेव घिमीरेको गाँउबाट प्रतिनिधीत्व गर्ने सांसद भन्दै उल्लेखित किसानका समस्या समाधान गर्न गम्भिर हुनुपर्ने धारणा राखे ।

 उनले पुर्वप्रधानमन्त्री केपी ओलीको पालामा सुरु भएको मयुरधार औद्योगिक क्षेत्रलाई तत्काल पुर्णता दिई उद्योग कल कारखाना स्थापना गर्नुपर्ने समेत बताए । 



0 comments

Write Down Your Responses