Powered by Blogger.
कलाकार देशारलाई अन्तराष्ट्रिय ललितकला पुरस्कार


काठमाडौं । ललितपुर चापागाउँका कलाकार सुरेम देशार उत्कृष्ट दसमा परेर अन्तराष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् । 

फोकस बंगलादेश ढाकाको आयोजनामा बंगलादेशमा सम्पन्न ड्टस अन्तर्राष्ट्रिय मिनियचर बिषयक कला प्रदर्शनीमा विभिन्न सात देशबाट दुई सय ललितकलाकार मध्येबाट नेपालका कलाका सुरेम देशार छनोट भएका हुन् । 

उनले कोरेको अमुर्त बिधाको नेचर नामक चित्र टपटेनमा पर्न सफल भएको हो ।



सो प्रदर्शनीमा नेपालबाट सुरेम देशार सहित बरिष्ट कलाकार गौतम रत्न तुलाधर ,अंकित महतो, गौरबरत्न तुलाधर , पणरतिमा थापा , शिवानी राणा ,सुष्मा श्रेष्ठ, सुष्मीता कुँवर, श्रेया श्रेष्ठ ,सुकृति नकर्मी र रेनुका महर्जनका कला समाबेश थिए । 



0 comments

Write Down Your Responses