Powered by Blogger.
थपलियाको कृति सत्ताको मान्छे माथि अन्तरक्रिया

 


काठमाडौ । पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ।


 कार्यक्रममा प्रमुख अतिथि पुर्व कुलपति गङ्गाप्रसाद उप्रेती,साहित्यकार तथा पत्रकार पुरुषोत्तम दहाल,प्राज्ञ जगतप्रसाद उपाध्याय ,प्राज्ञ हेमनाथ पौडेल ,पुर्व मन्त्री देवि ओझा,लेखक गोपालप्रसाद थपलिया प्राध्यापक डा. सावित्री कक्षपती,सुशीला थपलिया,डा. हरिप्रसाद सिलवाल,पेरोल साहित्य प्रतिष्ठानको अध्यक्ष रेणुका भट्टराईले संयुक्त रूपमा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।,


वैराङ्गी जेठाले स्वागत मन्तव्य गरेर  सुरु भएको कार्यक्रममा पुरुषोत्तम दहाल,देवि ओझा,प्राज्ञद्वय जगतप्रसाद उपाध्याय र हेमनाथ पौडेल,लगायतले कृतिको चर्चापरिचर्चा तथा बधाई शुभकामना व्यक्त गरेका थिए। 

साहित्यकार पत्रकार सरस्वती गौतमले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रममा अधिकाश बक्ताहरुले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय सस्था माथी चौतर्फी आक्रमण भइरहेको र त्यसमा बर्तनान कार्यसमिति बढिजिम्मेवार रहेको दुखेसो अधिकांस बक्ताहरुले राखेका थिए।


गोपालप्रसाद थपलियाको सत्ताको मान्छे कविता कृति माथिको समालोचना समालोचक प्राध्यापक डा. सावित्री कक्षपती र डा. हरिप्रसाद सिलवालले बृहतरूपमा प्रस्तुत गर्नु भएको थियो ।सत्ता नपाउन्जेल आकाशको तारा छार्छु भन्नेहरुले सत्तामा पुगेपछि बिगत बिर्सेका उद्धरणहरु समेत पेश गर्दै सत्ताको मान्छे कृतिको समालोचना प्रस्तुत गर्दै न्याय गरेका थिए । 


साहित्यकार तथा पत्रकार राजकुमार खड्गाले संचालन गर्नु भएको कार्यक्रममा सत्ताको मान्छे कविता कृतिका लेखकले आफुले देशमा परिवर्तनको निम्ति ठुलो योगदान गरेको तर सत्तामा पुगेकाहरुले आफ्नो त्यो योगदानलाई लत्याएको गुनासो समेत गर्नु भयो ।आफुले पत्रकारिताबाट देशमा लोकतन्त्र ल्याउनका लागि धेरै संघर्ष गरेको र त्यसैबाट साहित्य जोड्दै जादा कृति जन्मिएको र अरु थप कृतिको समेत तयारी रहेकोे बताउनु भएको थियो।


कार्यक्रमका प्रमुख अतिथि पुर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले  सत्ताको मान्छे कविता कृति आफैमा सफल कृति रहेको र  गोपालप्रसाद थपलिया नेपाली पत्रकारीता इतिहासको एउटा जिउँदो खम्बा भएको बताउनु भयो।आयोजक सस्थाको समेत प्रशंसा गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले अघिल्लो आफ्नो कार्यकालमा भएका राम्रा कामको अस्तित्व नामेट गर्न बर्तमान प्रज्ञा प्रतिष्ठान समिति रहेकोे गुनासो र चिन्ता पनि गरेका थिए। बर्तमान अवस्थामा सत्ताको मान्छे कविता कृति एउटा दर्शनको दस्तावेज समेत रहेको जोड दिनु भयो।

 बोल्ने सम्पुर्ण बक्ताहरुले गोपालप्रसाद थपलियाको स्वास्थ अवस्थाको चिन्ता व्यक्त गर्दै स्वास्थ लाभको कामना समेत गरेक थिए।


पेरोल साहित्य प्रतिष्ठान नेपालक अध्यक्ष रेणुका भट्टराईले मकालु प्रकाशन गृहले प्रकाशन गरेको महत्त्वपूर्ण कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया तथा  परिचर्चा कार्यक्रम गराउन पाएकोमा प्रकाशन सस्थालाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । 



 कार्यक्रमको सभापतित्व पेरोल साहित्य प्रतिष्ठान नेपालको अध्यक्ष रेणुका भट्टराईले गर्नु भएको कार्यक्रममा स्रष्टाहरू: पुष्कर लोहनी,प्राध्यापक डा. गोविन्द गुराइगाई, वैरागी जेठा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, नन्दबहादुर सुवेदी, प्रेमराज सुवेदी, युुवराज सुवेदी, दिनेश शिवाकोटी, करूण अर्याल, खोलाघरे साहिंलो, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, मणिराज सिंह, महेशप्रसाद रिजाल, सुरेश वैेद्य, इन्द्रप्रसाद लामिछाने, पुुष्कर लोहनी, छिन्नलता खत्री, सीता दाहाल, राकूम रिमाल, राजु निरौला, पुष्करराज भट्ट, गोपालकृष्ण खरेल, इन्दु पन्त, लक्ष्मी गुरागाईं, हरिकला उप्रेती, भीम उप्रेती, कृष्णकुमार लामिछाने, डा. गोविन्द गुरागाईं, राम मण्डल, पर्वत भट्टराई, घनश्याम पुडासैेनी आदि ५० जनाजति साहित्यकारहरू हुनुहुन्थ्यो।

0 comments

Write Down Your Responses