Powered by Blogger.
‘भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय अभियानमा सांसदहरुसँग विशेष छलफल’ सम्पन्न



काठमाडौं ।  भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन गोप्याक नेपाल च्याप्टरले संघीय संसदसँगको सहकार्यमा ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सँग भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेषल छलफल सम्पन्न गरेको छ । सो छलफल कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाको प्रमुख आथित्यतामा भएको थियो । 

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका नेताहरुको उपस्थिति रहेको थियो । संसद भवनको ल्होत्से हलमा अयोजना गरिएको कार्यक्रममा ६५ जना सांसदहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको अध्यक्षता गोप्याक नेपालका अध्यक्ष जगन्नाथ खतिवडाले गर्नुभएको थियो । 

सो अवसरमा भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन संगठनको अभियानका बारेमा संक्षिप्त प्र्रस्तुति पछि विस्तृत छलफल भएको थियो । 

उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमीकमजोरीको उदाहरण दिदै भ्रष्टाचार भ्रष्टाचारबिरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने र सो अभियानमा प्रतिनिधिसभाको तर्फबाट जे जस्तो सहयोग चाहिन्छ आफू तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो । 

साथै प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचार विरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा संपत्ति विवरण बुझाउनु पर्ने र संपत्ति घट्बढ भएको बारेमा अनिवार्य प्रभावकारी रुपमा जाँच गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको बताउनु भयो । साथै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्ननहुने बताउनु भयो । 

त्यसैगरी, कार्यक्रमका अध्यक्ष जगन्नाथ खटिवडाले विश्वव्यापी रुपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि गोप्याकको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताउनु भयो । साथै असल सांसद भए असल सरकार बन्छ, असल सरकारले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । त्यसैले भ्रष्टाचार नियन्धण गर्न सांसदहरुले अहमं भूमिका खेल्न सक्छन् भन्दै सांसदहरुको खवरदारी बढाउनु पर्ने बताउनु भयो ।

 साथै उहाँले गोप्याक नेपाल च्याप्टरको सचिवालय संसद भवनमै व्यवस्थापन गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले यस अभियानलाई आत्मसात गरी भ्रष्टाचारविरुद्ध संसदीय खबरदारी बढाउनु पर्ने सुझाव दिनुभएको थियो । उहाँले गोप्याकमा आवद्ध हुन सबै सांसदहरुलाई आव्हान पनि गर्नुभयो । 

कार्यक्रममा सांसदहरु रोशन कार्की, मंगलप्रसाद गुप्ता, एकनाथ ढकाल, ज्ञानेन्द्र शाही, अम्बरबहादुर थापा, लक्ष्मी तिवारी, राजेन्द्रलक्ष्मी गैरे, सुमना श्रेष्ठलगायतले आआफ्नो धारणा राख्नु भएको थियो । 

सांसद मेटमणी चौधरीले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा राष्ट्रिय सभाकी सांसद तथा गोप्याक नेपालकी सदस्य कमला पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 


0 comments

Write Down Your Responses