Powered by Blogger.
मनास्लु वल्र्ड कलेज आइएसओ २००९ः२०१५ बाट प्रमाणित


काठमाडौँ । संसार कोरोना महामारी सँग जुधिरहेका बेला मनास्लु टिम अफ एन्टरप्रेनरले मनास्लु वर्ल्ड कलेजको सुरुवात ग¥यो। त्यतिबेला कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले शिक्षा क्षेत्र धराशायी बनिरहेको बेला ठुलो लगानी गरेर यो जोखिम किन मोल्नुभयो भन्ने प्रश्नको सामना लामो समयसम्म गर्नुप¥यो। 

उनीहरूको साझा जवाफ चाहिँ शिक्षा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन र गुणस्तरीय शिक्षाको पर्याय बन्न संस्थाको सुरुवात गरिएको हो भन्ने हुन्थ्यो। 

दुवैले कलेजलाई छिटै गुणस्तर चिन्ह द्वारा प्रमाणित गर्ने बाचा पनि गरेका थिए । त्यो बाचा सोमबार पुरा भयो जति बेला कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु वर्ल्ड स्कुलको रजत जयन्तीको अवसरमा उपस्थित ठुलो जमातका अगाडी मनास्लु गुणस्तर चिन्ह आइएसओ २००९ः२०१५ बाट प्रमाणित भएको घोषणा गरे ।

सन्दर्भ थियो सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित मनास्लु स्थापनाको २५ औँ वर्ष (रजत जयन्ती ), स्वागत तथा बिदाइ अनि सम्मान कार्यक्रमको । सोही अवसरमा क्वालिटी म्यानेजमेन्ट सिस्टम युकेले कलेजलाई आइएसओ २००९ः२०१५ प्रमाणित भएको प्रमाणपत्र प्रदान गरेपछि कलेजका अध्यक्ष तथा प्रिन्सिपलले केही वर्ष अगाडी देखेको यो सपना पुरा भएको हो ।

प्रमाणपत्र प्राप्त गरेपछि कलेजका अध्यक्ष गेन्द्र लामाले शैक्षिक सफलताको बाटोमा एउटा खुड्किलो पार भएको र अन्य थुप्रै सपनाहरू पुरा गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले मनास्लुलाई गुणस्तर चिन्ह प्राप्त गर्ने अवस्थामा पु¥याउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

आइएसओ २००९ः२०१५ एक विश्वव्यापी मानक हो जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीको लागि आवश्यकताहरू तय गर्दछ । 

कुनै पनि संस्थाको वस्तु तथा सेवा वितरणलाई सहज बनाउन आवश्यक पर्ने सफल व्यवस्थापनका लागि सिर्जना, कार्यान्वयन, मर्मत र सुधार गर्नुपर्ने पक्षहरूको अध्ययन गरेपछि सोही अनुसारको सुधार गर्नका लागि सुझाव दिइन्छ अनि आवश्यक मापदण्डहरू पुरा गरेको खण्डमा यो प्रमाणपत्र प्राप्त हुन्छ। 

यो प्रमाणपत्र प्राप्त हुनु भनेको कुनै पनि संस्थाले आफ्ना ग्राहकहरूलाई उनीहरूका आवश्यकताहरू पूरा गर्नको लागि संस्थासँग गुणस्तरीय प्रणाली छ भन्ने कुरामा थप विश्वस्त बनाउनु हो ।


0 comments

Write Down Your Responses