Powered by Blogger.
गुम्बा विकास समितिद्वारा लामागुरुहरुलाई देश दर्शन


काठमाडौं । बौद्व दर्शन प्रबद्र्वन तथा गुम्बा विकास समितिले लामा गुरुहरु र आनीहरुलाई देश दर्शन गराएको छ । 

गत चैत्र २३ गतेबाट एक हप्ताको लागि उनीहरुलाई हिमाल पारी भनेर चिनिने मुस्ताङ जिल्लाका विभिन्न स्थानमा भ्रमण गराएको हो ।  भ्रमणपश्चात उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट कदरपत्र प्रदान गरिएको थियो । 

एक हप्ते भ्रमणमा ११ जिल्लाबाट १७ जना लामागुरु र ३ जना आनीहरुलगायत २२ जनाको सहभागीता रहेका थिए । 

भ्रमणका क्रममा उनीहरुले मुस्ताङको ऐतिहासिक, धार्मिक गुम्बाहरुको अवलोकन‚ अनुसन्धान गरेका थिए । त्यस्तै मुक्तिनाथ, ठिनि यङ्टुक गुम्बा, चुङ्सी केभमा रहेको चुङ्सी गुम्बा, लोमान्थङ दरबार र त्यहाँका गुम्बाहरु‚ नेपाल र तिब्बतको सिमाना कोरेला नाकासम्म पुगेको समितिका योजना अधिकृत सन्जु योङ्गयाले जानकारी दिइन् । 

चैत्र ३० गते राष्ट्रपतिबाट कदरपत्र प्रदान गर्दै राष्ट्रपति पौडेलले लामागुरु तथा आनिहरुलाइ देश दर्सन गरी आएकोमा धन्यबाद दिदै दक्षिणा समेत प्रदान गरिएको थियो।

समितिले प्रत्येक वर्ष लामागुरु र आनीहरुलाई देश दर्शनमा लैजाने गर्दै आएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । उनले गत वर्ष पनि मुस्ताङ नै भ्रमण गरिएको बताए ।  




0 comments

Write Down Your Responses