Powered by Blogger.
बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

 


काठमाडौ । बागमती प्रदेशका मन्त्री तिर्थ लामालाई बधाई तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

 छ्योर्तेन टासी तामाङ गुम्बा बौद्ध नयाँबस्तीले आफ्नै हलमा एक कार्यक्रम गरी बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री माननिय मन्त्री तिर्थ लामालाई बधाई तथा सम्मान गरेको हो । माननिय मन्त्री तिर्थ लामाले छ्योइमे बालेर शुरुवात गरेको कार्यक्रममा गुम्बाका लामाहरुले मोलाम पाठ गर्नु भएको थियो । त्यसपछि भने कार्यक्रममा गुम्बाका अध्यक्ष हरि बहादुर लामाले सम्मान पत्र, खादा र तामाङ टोपीबाट मन्त्री लामालाई सम्मान गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी पदाधिकारी, कार्यसमितिका सदस्यलगायतले पनि खादाद्धारा सम्मान गर्नु भएको थियो ।  

कार्यक्रममा सम्मानित मन्त्री लामाले तामाङ गुम्बा सबैको साझा भएकोले यसलाई थप व्यवस्थित र संरक्षण गर्न आफूले सकिने सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै हामी आफू पनि बौद्ध धर्मवलम्बी भएकोले हामी सबैले संरक्षण र सम्वद्र्धनमा भुमिका खेल्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।  

त्यसैगरी आज दशमी अर्थात छेपा च्युका दिन खाण्डोमा म्हानिपा आमा समुहले पनि ठोइमा विधिबाट विशेष पूजा कार्यक्रम गुम्बामा सम्पन्न गरेका छन् ।

0 comments

Write Down Your Responses