Powered by Blogger.
जय महांकाल युवा समुहद्वारा सहयोग


रौतहट । रौतहत जिल्ला चन्द्रपुर नगरपालिका – १ पौराही , नयाँ वस्तीमा आगलागी पिडितहरू १ वर्षदेखि खोलाको बगरमा बस्दै आएका थिए । उनीहरूको वस्तीमा न खाना छ , न पानी छ , न बिजुली बत्ती नै । २१ औ शताब्दिमा पनि न त केन्द्र सरकार न त प्रदेश सरकार ,न त स्थानिय सरकार पुग्न सकिरहेको थियो  । उनीहरु अँध्यारोमा बस्नुपर्ने , दुईछाक खान  नपाउनु , पानीको अभाव हुनु भनेको जिउँदै मरे जस्तै हुनु हो ।

 भोक र प्यास बिरूध्दको महाअभियान संचालन गरिरहँदा यस्ता पिडाहरू देख्दा  अभियानलाई सफलताको बाटो डोर्याउन ७ घर परिवारलाई खाध्यान्न ( दाल,चामल,मसला,तेल,साबुन ) , पानीको लागि कल जडान र उज्यालोको लागि बत्ती सहयोग गरेका गरिएको छ । 

पिडित परिवारलाई सहयोग सामाग्री जय महाकाल युवा समुहका  अध्यक्ष लिलानाथ भण्डारीको नेतृत्वमा त्यस स्थानमा पुगि राहत  वितरण गरिएको हो । कार्यक्रममा संस्थाको अध्यक्ष लिलानाथ भण्डारीु , महासचिव मनिष विक , संस्थाका सदस्यहरू,समाजसेवी युवा र गाउँलेहरूको उपस्थिति रहेको थियो । 

त्यस बस्ती सम्म  पुर्याउनु हुने स्थानिय मोहन प्रसाई बुवा , लक्ष्मण न्यौपाने ज्यु र युवा साथीहरूलाई हार्दिक धन्यवाद साथै आभार प्रकट गर्दै अभियानलाई देशव्यापी सञ्चालनमा ल्याईरहेको कुरा महाससचिब मनिस विश्वकर्माले बताए ।

अभियानमा आर्थिक सहयोग गर्नुहुने जनक ढुङ्गाना र दाङका सुरेश हुन् भने अन्य सहयोगिदाताहरुको सहयोगले पिडित बस्तिहरुमा उद्वार गर्न सफल भएको कुरा जय महाकाल युवा समुहका केन्द्रीय महासचिब बिश्वकर्माले बताए । 




0 comments

Write Down Your Responses