Powered by Blogger.
समाजवादी प्रेस संगठन लुम्बिनीको अध्यक्षमा भुसाल


लुम्बिनी । समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुनर्गठन गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय समिति गठन गरिएको हो ।

संगठनको उपाध्यक्षमा शंकरप्रसाद पाण्डेय (रुपन्देही), महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर (रोल्पा), सचिवमा दीपक आचार्य अनुुरागी (कपिलबस्तुु), कोषाध्यक्ष प्रकाश न्यौपाने (रुपन्देही), सहसचिवमा पदम गैरै सर्वसम्मत चयन भएको संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही संयोजक विनोद परियारले बताए ।

त्यसैगरि सदस्यहरुमा लोकनाथ शर्मा, मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरु पदेन रहने व्यवस्था छ । 

विस्तारित बैठकमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले आफूहरु अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताए । उनले समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरुको संगठन भएको जनाए ।

‘पत्रकारहरुले जहिल्यै खराब पात्र र प्रवृत्तिको विरोध गर्नुपर्छ, समाजका हरेक बिषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने हुन्छ’, उनले भने,‘संगठनमा लागेकाहरुले त्यही अनुसार पत्रकारितामा पनि आफूूलाई निखार्नु पर्छ ।’


त्यस्तै बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव लुुम्बिनी प्रदेश सचिव राजु गुुरुङले योग्यता, क्षमताका आधारमा पत्रकारिता पेशामा लाग्नुपर्ने बताउँदै समाजवादी प्रेस संगठन कामकाजीहरुको संगठन बनाउनुुपर्ने बताए ।

समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुुवेदीले लुम्बिनी प्रदेश कमिटीले नयाँ उर्जाका साथ व्यवसायिक पत्रकारहरुको संगठन बनाउने गरि काम गर्न आग्रह गरे । 



बैठकमा संगठनका  उपाध्यक्ष एवं उपत्यका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले यस संगठनमा व्यवसायिक र निष्ठापूर्ण भएर पत्रकारिता गर्ने पत्रकारहरु आवद्ध हुनुपर्ने बताउँदै पत्रकार महासंघका आगामी निर्वाचनमा केन्द्रीत भएर अघि बढ्नुपर्ने बताए ।  

उपमहासचिव रामकुमार एलनले संगठन मजदबुद बनाउने गरि देशव्यापी रुपमा अभियानमा खटिएको बताउँदै संगठनमा संख्या भन्दा पनि पत्रकारितामा गुणस्तर कायम गर्ने गरि काम गर्न आग्रह गरे ।

त्यस्तै बैठकमा संगठनका उपाध्यक्ष राजेन्द्र कुँवर, सचिव गोविन्द चौलागाई, संगठनका केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह बिष्ट, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला उपाध्यक्ष श्रीराम यादव, पार्टी प्रचार विभाग प्रमुख एंव सचिव सरिता श्रीस, संगठनका केन्द्रीय सदस्य विनोद परियार, शंकरप्रसाद पाण्डेय, प्रकाश न्यौपाने, दीपक अनुुरागी लगायतले बोल्दै संगठनलाई मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । 

बैठकले २०७९ बैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णय समेत गरेको छ ।




0 comments

Write Down Your Responses