Powered by Blogger.
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन हुने


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिनुभयो ।

 उहाँका अनुसार सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुनेछ । 

सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ  । 

सदस्य सचिव डा ज्ञवालीले एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने बताउनुभयो । यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ । 

यस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने छ । 


0 comments

Write Down Your Responses