Powered by Blogger.
चापागाँउको बज्रबाराही जात्राको यस्तो छ पुजा विधी


ललितपुर । वादे अर्थात चम्पापुर नगरी चापागाउँमा श्री निवास मल्ल राजाले नेपाल संवत् ७ सय ८६ मा सुनको मुर्ति बनाएर खत निर्माण गरी चैत शुक्ल पक्षमा जात्रा संचालन गरेका हुन । उक्त दिन माताको देवघर आगँछेमा बिहान पुजाआजा गरी भंन्सार डवलीमा खत सजिसजाउ गरी मातालाई उक्त खतमा बिराज गराई बिभिन्न बाजागाजा सहित नगर परिक्रमा गरी बज्र बाराही मन्दिरमा राख्ने गरीन्छ ।


यसको साथै मातालाई मन्दिरमा स्नान गराई तान्त्रिक विधिअनुसार पुजाआजा गरिन्छ । मु (मुख्य)जात्रा शुभारम्भ भएको दिन यसैलाई मु जात्रा भनिन्छ ।


यसको साथै मातालाई खत सहित राति नै मन्दिरबाट कसैलाई थाहा नदिई अर्थात राक्षस भूतपिचासको समयलाई पार गर्दै पुजारी टोल हुदै वखा ःडबलि बाट भगवती चोकमा बिसाईन्छ ।


यस ठाँउमा दरबारको पुजा लिई मातालाई बिभिन्न गरगहना सजाएर सिन्दुर जात्रा धुमधाम तरीकाले बाजागाजा सहित मुल गणेश मन्दिर सगै पुनः भंसार डवलीमा बिसाईन्छ ।


यसको केही समय पछि पुजारी टोलका खलक गुठियारहरु पुजा आजा सहित माताको खत बोकि माथि यत्ख्वा भैरव (चन्द्र  भैरब)मन्दिर परिक्रमा गर्दै पुनः खतलाई बोकी तल भगवती चोकमा बिसाईन्छ ।




गुठीका गुठियारहरु भोज भतेर खाईसकेपछि नगरको बिभिन्न चोक चोकमा मातालाई पुजा दिदै पुनः भैरब मन्दिर अगाडि बिसाईन्छ । 

यसको साथै करीब साँझपख नगरका बासिन्दा अनि पाहुनाहरुको पुजा दर्शन सकेपछि सोहि दिन साँझ ५ बजे नगरका सम्पूर्ण बाजागाजा सहित धुमधामले भैरब मन्दिरलाई तीनपल्ट परिक्रमा गराई बजारमा भब्य रुपमा खत नचाई वखाः डवलीमा बिशेष जात्रा गरी पुन भगवती चोकमा खत नचाई बजार क्षेत्र घुमाई चापागाउँ को मुल चोक कृष्ण मन्दीर अगाडि बिसाई जात्रा सम्पन्न गरीन्छ ।

जात्रा सकेपछि मुल पुजारी  आचार्यले  तान्त्रिक विधिअनुसार पुजाआजा गरिन्छ । यसको साथै मातालाई लसकुस गरी नयाँ बेहुली झै भित्र्याई आगछे माताको देवघर मा सुरक्षित साथ राखिन्छ । र।  जात्रा बिधिवतरुपले सम्पन गरीन्छ । –सुरेम देशार

0 comments

Write Down Your Responses