Powered by Blogger.
धार्मिक आस्था बोकेको बाग्लुङको कालिका भगवती मन्दिर



अनुपा शर्मा

बाग्लुङ । बाग्लुङ जिल्लामा सहरको भिड्भाडबाट अलिक टाढा वरिपरि डाडाँकाडाँले घेरिएको,  शान्तपुर्ण वातावरणमा मनमोहक दृश्य प्रदान गर्नका लागि  अलग्गै स्थान छ । त्यो हो बाग्लुङको कालिका भगवती । 

बागलुङमा अवस्थित  निकै चर्चित एबं धार्मिक आस्था बोकेको बाग्लुङ कालिका भगवती मन्दिरको छुट्टै इतिहास छ । यो मन्दिर समुन्द्री सतहबाट ९ सय १८ मिटर माथी बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्ग नगरपालिका २ बागलुङ  बजारदेखि २ कि.मि. भित्र  दक्षिणतिर कालीगण्डकी र काठे खोलाको दोभान माथिको टापुमा पर्छ ।  

साल, सल्लो चिलाउनेको रुखहरुले भरिएको घना जङ्गल भित्र कालिका भगवतीको मन्दिर अवस्थित छ  । पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५ सय ९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । 

विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, र कुखुरा,  बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ ।  आजभोलि भने परेवाको बलि दिन रोक लगाइएको छ । मन्दिरको चार दिशामा चार ढोका रहेका छन् । पूर्व दिशाको ढोका सितिमिति खोलिदैन । 

त्यो ढोका खोले नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ । मन्दिर जीर्णोद्वारको बेला वि.सं. १९८२ मा उक्त ढोका खोल्दा यस्तै भएको विश्वास रहँदै आएको छ ।

कालिका भगवती मन्दिरको गर्भगृहमा एउटा चौका उठाएको छ र त्यस चौकामाथी उत्तर र दक्षिण पारेर  लहरैसङ्ग माटोको तिनओटा अर्ध गोलाकारथुम्का उठइाएको छ । त्यसदेखी माथी अर्को एक तह पेटि उठाएर त्यस्तै एउटा थुम्का उठाइएको छ । यी चारै ओटा थुम्कालाई चाँदीको पाताले मोेरिएको छ । यिनै थुम्काहरुलाइ कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ ।

मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो छ । त्यो बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ । राती जाग्राम बस्ने कतिपय महिलाहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने पनि गर्छन्। राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।

निरन्तर नौ धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ ।

हाल पुर्ननिर्माणको काम समापन भए लगत्तै बाताबरण अत्यन्तै रमणिय बनेको र भक्तजन लगायत पर्यटकको ओइरो भैरहेको स्थानीय बासिन्दाहरु बताउछन् । विशेषगरि चैते दसौंमा धेरै चहलपहल हुने मन्दिर वरपर मिठाईका पसल, फलफुल प्रसाद, मालाको पसल लगायत लुगाको पनि खुल्ला बजार हुने गरेको  स्थानीय राम अधिकारिले जानकारी दिनुभयो । नव दुर्गाको  सुरुवात सङ्गै विशेष गरि शुभ कार्य  बिबाह धेरै सम्पन्न हुने गरेको र समारोहमा निकै भिड्भाड भएको पाइन्छ । 

यस मन्दिरमा बिबाह गर्नहरुलाइ भगवती माताको आशिर्वाद मिल्ने र सम्बन्ध सधै सुमधुर हुन्छ भन्रे मान्यता रहेको पाइन्छ ।

चैते दशै को सुरुवात सङ्गै यस मन्दिरको क्षेत्रमा बिभिन्न मेला महोत्सब लाग्ने  गर्छ, जसले गर्दा टाँढा टाँढा बाट पर्यटकहरु आउने पुजा गर्ने मन्दिर भ्रमण गर्ने दान दक्षिणा चढाउने  हुनाले आर्थिक स्रोतको पनि बलियो आधार बनेको छ यो कलिका मन्दिर ।

(प्रशिक्षार्थी पत्रकार)

0 comments

Write Down Your Responses