Powered by Blogger.
लेखापढी एसोसिएसन कलंकीको अध्यक्षमा भट्टराई


काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति कलंकीको १२ औ अधिवेशनले अच्युतप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष सोम बहादुर कुँवर, सचिव नारायण कट्टेल, सहसचिव श्रृष्टि घिमिरे, कोषाध्यक्ष श्रीराम बलामी, सह कोषाध्यक्ष जीवन लुँइटेल निर्वाचित हुनुभएको छ । 

समितिको सदस्यमा अञ्जु आचार्य, सीता घिमिरे, अरण श्रेष्ठ, माधव कुमार नेपाल, रोमी विक्रम थापा, मुक्तेश्वर खनाल, ऋषिराम धमला चयन भएका छन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसम्पन्न भएको थियो । 

एसोसिएसनको १५ औं वार्षिक साधारणसभा शनिबार कलंकीमा आयोजित एक भव्य समारोहकाबीच केन्द्रीय अध्यक्ष दाहालले पानशमा वत्ति बालेर उद्घाटन गर्नुभएको थियो । 

इकाई समिति कलंकीका अध्यक्ष पूर्ण श्रेष्ठको सभापतित्वमा भएको सो साधारणसभाको प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष सीताराम दाहाल रहनुभएको थियो ।  

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष, महासचिव कृष्णप्रसाद दाहाल नवराज लगायत अन्य पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, प्रदेश संयोजकहरु, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, विभिन्न इकाई तथा शाखाका प्रतिनिधिहरु, इकाई समिति कलंकीका पदाधिकारी तथा सदस्यहरुसहित मालपोत कार्यालय कलंकीका प्रतिनिधि र नापी कार्यालय कलंकीका प्रमुख खिमबहादुर राना लगायतको आतिथ्यता रहेको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष दाहालले संगठन मजबुद बनाउन सबै इमान्दार भएर लाग्नु पर्ने बताउनुभएको थियो ।  

एक आपसमा आपसमा आरोप, प्रत्यारोप, गाली गलौज गरेर संगठन बलियो नबन्ने भएकोले अनुशासित भएर अघि बढ्न पनि शुभकामना दिँदै  उहाँले वार्षिक साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना दिनुभयो ।  सवल, सक्षम र लेखापढीको हकहीतको लागि काम गर्न सक्ने नेतृत्व चयन गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।


 

केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले शुभकामना मन्तव्य व्यक्त गर्दै इकाई समिति कलंकी भूसेवा केन्द्र सञ्चालन गर्ने पहिलो समिति भएको पनि बताउनुभयो । 

पुरानो नेतृत्वको अनुशासित र मर्यादित कामबाट सिकेर नयाँ कार्यसमितिले पनि काम गर्नुपर्ने उहाँको भनाई थियो । लेखापढी कानून व्यवसायी नै सक्षम भए मात्रै अरुले औंलो उठाउन नसक्ने भएकोले आफू सक्षम र सबल बन्न र सोही अनुसारको नेतृत्व चयन गर्न पनि उहाँले आग्रह गुर्नभएको थियो । 

नापी कार्यालय कलंकीका प्रमुख खिमबहादुर रानाले २०२०–२१ सालमा बनेका नक्साको आधारमा अहिले काम गर्नु परेकोले समस्या भएको बताउनुभयो । ‘नुन जोख्ने परिकल्पनामा बनेका तराजुहरुले अहिले सुन जोख्न कति कठिन छ भन्ने सबै व्यवसायीहरुलाई थाहै छ’ उनले भने । विगतको कार्यसमितिसँग सहकार्य गरेर सेवाग्राहीहरुलाई उचित सेवा दिन सकेकोले आगामी नेतृत्वले पनि त्यो वातावरण बनाउने उनले अपेक्षा गरे ।  

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा वागमति प्रदेश संयोजक सूर्यबहादुर थापा, पूर्वअध्यक्ष अर्जुनप्रसाद घिमिरे, अधिवक्ता कृष्णप्रसाद ढुंगाना, केन्द्रीय सहकोषाध्यक्ष जीतबहादुर लामा, केन्द्रीय समितिका सदस्य, बासुदेव मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

कार्यक्रममा वर्तमान कार्यकालमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा इकाई समितिका सचिवले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 




0 comments

Write Down Your Responses