Powered by Blogger.
समाजवादी प्रेस संगठनमा सुबेदी विजयी


काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा सुवेदीले १४७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका प्रत्यासी भूपराज खड्काले ११९ मत प्राप्त गरेका छन् । २८ मतान्तरले सुवेदी बिजयी भएका हुन् । सुवेदी निवर्तमान बरिष्ठ उपाध्यक्ष र खड्का महासचिव थिए । अध्यक्षका तेस्रा प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका छन् ।

संगठनको महासचिवमा रामकुमार एलन बिजयी भएका छन् । उनले १३९ मत पाएका छन् । महासचिवका अर्का प्रत्यासी हृदय भूसालले १३० मत पाएका छन् । खुल्ला उपाध्यक्षमा नवराज छत्कुली बिजयी भएका छन् । 

महिला उपाध्यक्षमा अस्मिता गिरी निर्वाचित भएकी छन् । यसैगरी समावेश उपाध्यक्षमा बुद्धवीर राई, उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, बागमती उपाध्यक्षमा ध्रुव रायमाझी, एशोशियट–प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले, प्रदेशगत उपाध्यक्षहरुमा तीर्थ सिग्देल, सुभाष साह, नरेन्द्र भट्ट लगायत निर्वाचित भएका छन् ।  

तीन उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु बिजयी भएका छन् । सचिव खुलातर्फ अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की बिजयी भएका छन् । 

सचिव महिलातर्फ कान्ति न्यौपाने र दलिततर्फ प्रदिप नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएकी छन् ।समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन शुक्रबारदेखि सुरु भई शनिबार नयाँ नेतृत्व चयनसँगै समापन भएको थियो ।


0 comments

Write Down Your Responses