Powered by Blogger.
वरिष्ठ मुर्तिकार ठाकुरप्रसाद मैनालीलाई अभिनन्दन


काठमाडौं । समसमायिक नेपाली मुर्तिकार समुह (आरम्भ) द्वारा आयोजीत  नेपाली आधुनिक मुर्तिकला  जगतका एक हस्ती बरिष्ठ कलाकार ठाकुरप्रसाद मैनालीलाई “नेपाली आधुनिक मुर्ति कला रत्न “द्वारा अभिन्नदन गरिएको छ ।

उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हलमा आरम्भका अध्यक्ष बरिष्ठ मुर्तिकार सुदर्शन बिक्रम राणाको सभापतित्वमा आयोजित सो कार्यक्रममा मैनालीलाई अभिनन्दन गरिएको हो । 

कलाकारद्वारा नै कलाकारलाई सम्मान गर्ने कार्य एक उदाहरणीय कार्य रहेको र बिस्तारै नेपाली आधुनिक मुर्तिकला क्षेत्रमा  नयाँ कलाकारको प्रेरणाको स्रोतको रूपमा उहाँको योगदानलाई राज्यले सम्झनु पर्न कुरामा दुई मत नभएको बताउनु भयो । 

जुन समयमा परम्परागत मुर्ति  देबीदेबताको बाहेक अरू मुर्ति नै नबनाएको बेला नेपालमा आधुनिक मुर्ति भित्र्याउन र सुरूबात गर्न उहाँको ठुलो योगदान रहेको आरम्भका अध्यक्ष सुदर्शन  बिक्रम राणाले बताउनु भयो ।

कार्यक्रममा प्रज्ञा सौरगंगा दर्शनधारी ,बरिष्ठ मुर्तिकार डा . लय मैनाली ,भुवन थापा ,रमेश खनाल ,बरिष्ठ मुर्तिकार नरेन्द्रबहादुर श्रेष्ठ ,मुर्तिकार गंगाधर सारू, मुर्तिकार ओम खत्री, ललितकलाकार सुनिता राणा, मुर्तिकार पुष्पाञ्जली शेरचन ,प्राज्ञ सभा सदस्य नरेन्द्र भण्डारी , सुरेम देशार लगायतको उपस्थीति रहेको थियो । 

युवा देखि अग्रज मुर्तिकारलाई प्रोत्साहित गर्दै र अग्रजलाई सम्मान गर्दै आफ्नो कलालाई विश्व सामु पुर्याउने लक्ष्य रहेको आयोजकले जानकारी दिनु भयो । 

बरिष्ठ आधुनिक मुर्तिकार ठाकुरप्रसाद मैनालीको ९० औ जन्म दिनको पावन अबसरमा आयोजीत यो कार्यक्रममा आफुलाई ‘नेपाली आधुनिक मुर्तिकला रत्न’ ले अभिन्नदन हुन पाउँदा आफुलाई धेरै खुशी लागेको र अझै ९० बर्षको बसन्तमा पनि कला सृजना गर्न हौसिएको बताउनु भयो ।




0 comments

Write Down Your Responses