Powered by Blogger.
सुशासनका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरण आवश्यक छ: मन्त्री मोदी


सुनसरी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीति र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको  कर्मचारीहरुको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

उनले भने, “कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ । एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ । दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन ।” 

मन्त्री मोदीले सबैको कार्यशैलीलाई सुधार गर्दै सुशासनको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उनले थपे, “हाम्रो व्यवहार र शैलीमा शुद्धीकरण नभएसम्म देशका सबै क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने र सुशासन कायम गर्ने कुरा सम्भव छैन ।” 

उनले अहिलेको व्यवस्थालाई सक्षम र बलियो बनाउनका लागि  राजनीतिक र प्रशासनिक दुवै क्षेत्र एकाकर भएर अघि बढ्नुपर्ने पनि बताए । 

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध

उनले आफूले सम्हालेको मन्त्रालयमा पहिल्यैदेखि आर्थिक लेनदेनको हल्ला चल्ने गरेको बताउँदै आफू आएपछि त्यसको अन्त्यका लागि निक्र्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको समेत बताए । 

“हामीले सुशासनको पक्षमा दर्जनौँ दुरगामी निर्णय गरेका छौँ । हाम्रो मन्त्रालयमा पनि पहिले आर्थिक लेनदेनका कुराहरु सुन्थ्यौँ । सरुवामा आर्थिक लेनदेन गरेको एउटा मात्रै प्रमाण भेटिएको खण्डमा किन्तु परन्तु कसैलाई छाड्दैनौँ” उनले भने, “हाम्रो मन्त्रालयमा देखा परेका कोही दलाल र बिचौलिया हो भन्ने थाहा पायौँ भने उसलाई मन्त्रालय प्रवेशमा निषेध गरेका छौँ ।” 


प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत सुनाए । मन्त्री मोदीले पछिल्लो समय कर्मचारीमािथ जनताको अविश्वास पैदा भएको बताउँदै भने, “पुरानै ढर्रा, पुरानै शैलीबाट कर्मचारी चलिरहँदा त्यसको प्रश्न कर्मचारीमाथि मात्रै होइन, राजनीतिक दलमाथि पनि परिरहेको छ । यो कुरालाई गम्भीरतापूर्वक ध्यानमा राखेर कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएको छ ।”


0 comments

Write Down Your Responses