Powered by Blogger.
भूमि साटफेरबारे प्रधानमन्त्रीले ढाँट्नुभयोः एमाले सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’


नेपालको संविधानअनुसार राष्ट्रहितविरुद्धको अभिव्यक्ति भएकाले दण्डनीय भएको बताए । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले भूमि साटफेरको विषयमा कहीँ नभनेको प्रष्टीकरण दिएका थिए ।


      


0 comments

Write Down Your Responses