Powered by Blogger.
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट



काठमाडौँ । श्रीलंका भ्रमणमा रहनु भएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्नु भएको छ । 

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग गर्नु भएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको बताइएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गर्नु भएको थियो । 

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 



शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । 

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गर्नु भएको हो । 


0 comments

Write Down Your Responses