Powered by Blogger.
पालुङ–आग्रा पदयात्रा उत्साहजनक ढंगले सम्पन्न

राज कुमार के.सी. 

हेटौंडा, २३ जेठ÷थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपामा सम्पन्न भएको छ ।

पदयात्रामा काठमाण्डौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो । 

खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखिने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम वातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय ब्यवस्थापक तथा फोटो पत्रकार गणेश बिष्टले बताउनुभयो । 

ह्याप्पी हाईकर्स काठमाण्डौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्य सहित यस पदमार्ग क्षेत्रका धार्मिक यात्रा गर्दा अत्यन्तै रमाईलो भएको बताउनु भयो । उहाँले एक पटक पैदल यात्राको लागि यो मार्ग छुटाउनै नहुने बताउनुभयो ।



करिब ४ घण्टाको पैदल यात्रामा प्राकृतिक सौन्दर्यतासंगको सामिप्यता, जैबिक बिविधताको अध्ययन, भौगोलक बिविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्नसकिने स्थानीय युवा माधव कार्कीले बताउनुभयो ।

पदयात्रीहरुलाई थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागत सहित रुपचन्द्र बिष्टको शालिक स्थल बिकास घर प्राङ्गणबाट सुरु भएको पदयात्रा थाहा ३ को गोरखनाथ धाम, पाण्डुकेश्वर मन्दिर, थाहा ३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा ७ को मान्द्रो गुफा, उनिउ चौर हुँदै थाहा ७ डाडाबासमा पुगेर समापन भएको थियो ।

पदयात्रीहरुलाई गोरखनाथ धाम ब्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. २ कार्यालय, पाण्डुकेश्वर क्षेत्रबिकास समिति, डाँडाघरे बाको होमस्टमा खाना सहित, थाहा ७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउ चौरमा र डाडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले बिशेष स्वागत गरेका थिए ।

पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश बिष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।




0 comments

Write Down Your Responses