Powered by Blogger.
भावनाको नेतृत्वमा ‘स्वतन्त्र साहित्यपुञ्ज नेपाल’ स्थापना


काठमाडौं । दाङकी चर्चित साहित्यकार भवानी न्यौपाने ‘भावना’ले परिकल्पना गरेको राष्ट्रिय संस्थाले आकार ग्रहण गरेको छ ।  शनिबार काठमाडौंको बाल्मीकी क्याम्पसमा भएको एक भेलाले विधिवत रूपमा  उनको सभापतित्वमा संस्था गठन भएको हो । 

संस्थाको विधान  समेत तयार गरी कार्यसमितिको भेला र कवि गोष्ठीसमेत सम्पन्न भएको हो ।  नेपालको सूदुर पूर्व इलाम देखि सुदूर पश्चिम बैतडी सम्मका  साहित्यकारहरूको  सहभागितामा कार्यसमिति  गठन गरी विधान समेत तयार गरिएको छ । 



शनिबार साहित्यिक अनुरागीहरूको  राष्ट्रिय भेलाबाट छन्द साहित्यको जगेर्ना संरक्षण र उन्नयनका निम्ति लामो समय नेपाली छन्द साहित्यको उत्थानमा समर्पित भवानी न्यौपाने भावनाको अध्यक्षता र छन्द साहित्यमा लामो समयदेखि क्रियाशील अग्रज छन्द साहित्यिक अनुरागी व्यक्तित्वहरूको पहलमा   “स्वतन्त्र साहित्यिक पुञ्ज नेपाल  “ नामक राष्ट्रिय साहित्यिक संस्था विधिवत रूपमा स्थापना  भएको हो ।

 त्यस अवसरमा सर्जकहरूका साहित्यिक छन्द सिर्जना तथा साहित्य सम्बन्धि  स्वतन्त्र र स्वच्छन्द विचार समेत प्रस्तुत भएका थिए । 

१३ सदस्यीय साहित्यिक कार्य समितिका सदस्यहरूमा अध्यक्ष  भवानी न्यौपाने भावना – दाङ, उपाध्यक्ष जीवनहरि शर्मा पोखरेल– इलाम, सचिव तिलक न्यौपाने –दाङ, कोषाध्यक्ष  हरिप्रसाद घिमिरे– गोरखा, सह सचिव  देवीप्रसाद प्याकुरेल– भक्तपुर, सदस्य  हेमनाथ अधिकारी –झापा, जयनारायण भट्टराई – इलाम, देउकुमारी पहाडी– सिन्धुली , बासुदेव पाण्डे–  बैतडी, पवित्रा घिमिरे  –पोखरा, बिष्णुप्रसाद गौतम– काठमाडौ, शिवराम दुवाडी –गोरखा र मन्जु श्रेष्ठ –मोरङ रहेका छन् । 



त्यस्तै संस्थाका सल्लाहकारहरूमा प्रा. डा काशीनाथ न्यौपाने काठमाडौं, उप प्रा कपिलदेव भट्टराई– हेटौंडा, अधिवक्ता– पेशलकुमार न्यौपाने –विराटनगर, प्रा डा सुबोधकुमार शुक्ला–महोत्तरी र खगेश्वर भण्डारी – इलाम रहनुभएको छ । 

संस्थाले देशव्यापी साहित्यीक सम्मलेन आयोजना गर्ने र छन्द साहित्यको अभिवृद्धिको लागि विशेष योजना अघि बढाउने नवनियुक्त अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।


 


0 comments

Write Down Your Responses