Powered by Blogger.
चाँगुनारायणमा क्योकुसिन करातेको व्यापक प्रवद्र्धन


भक्तपुर । चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद बिकास समितिले “नगर खेलकुद प्रबर्द्धन कार्यक्रम“ सञ्चालन गरेको छ । 

विगत डेढ बर्ष अघिदेखि सञ्चालनमा रहेको क्योकुसिन काइकान कराँते खेलको शनिवार प्रदर्शनी समेत गरिएको हो ।  यस नगरको पुर्वी भूभागमा करिब ४ सय बिद्यार्थीहरूले प्रशिक्षण लिइरहेको र यसलाइ अझ विशेष महत्वकासाथ हेर्दै यहाँका खेलाडीहरूलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा  परिचित गराउने उदेश्य रहेको खेलका प्रमुख प्रशिक्षक रघु के.सीले बताउनु भयो । 

यस खेलले बिद्यार्थी वर्गमा निरोगीपन आउने, बिद्यार्थीमा काम गर्न र पढ्न सक्ने क्षमताको वृद्धि हुने साथै आगामी दिनमा वडा तथा नगर र देशकै नाम अगाडि बढाउन सक्ने भएकाले खेललाइ बिद्यालय, सार्बजनिक चौर तथा निजी स्तरमा समेत यसको प्रबर्द्धन गरिएको वडा अध्यक्ष जनक खत्रीले बताउनुभयो । 

साथै यस वडामा हरेक शनिबार हुने खुल्ला खेलकुद कार्यक्रमका क्रममा बिगतमा भएको प्रतियोगितामा विभिन्न बिधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार समेत बितरण गर्नुभयो । कार्यक्रममा पाल्नुभएका मात्सुइमा क्योकुसिन करातेका नेपाल तर्फका ब्रान्च चिफ राजु गुरूगले खेलबारे बिस्तारमा चर्चा गर्दै प्रशिक्षण समेत दिनुभयो । 

यसै क्रममा नेपाल मुवाथाई कराँतेका बरिष्ठ उपाध्यक्ष उमेश कुमार खड्का र बागामती प्रदेश खेलकुदबाट सर्मिला श्रेष्ठको समेत उपस्थिती रहेको थियो। कार्यक्रमका सभापति संजीब पुरी  समापनका क्रममा भन्नू ‘यस्तो कार्यक्रम हाम्रो बिद्यालयले गर्न पाउँदा निकै खुसि भएका छौं । ’ 




0 comments

Write Down Your Responses