Powered by Blogger.
एकीकृत सरकारी कर्मचारी संगठन बारामा रन्जन


बारा । एकीकृत सरकारी कर्मचारी संगठन,  जिल्ला कार्यसमिति बाराको संगठक भेला तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ । 

यही असोज १८ गतेको भेलाबाट बिकाश कुमार रञ्जनको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमितिको गठन भएको हो । 

कार्यालय समय समापन पश्चात् सुरु भएको सो कार्यक्रममा संगठकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । रञ्जन, ईलाका प्रशासन कार्यालय सिम्रौनगढ, बाराका कार्यालय प्रमुख हुनुहुन्छ । 

कार्यक्रम ईलाका प्रशासन कार्यालय बाराको सभा हलमा सम्पन्न भएको थियो। नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षः शोभा पटेल र नितेश प्रसाद यादव, सचिब जयलाल सहनी र अमोद कुमार यादव, कोषाध्यक्षः जितेन्द्र कुमार, सदस्यहरुः पुजा कुशवाहा,संजय साह, असर्फी साह, राम बिश्वास कुशवाहा,  जितेन्द्र पन्डित, लक्ष्मी नारायण साह, चन्दन कुमार चंदन, दैनित कुमार कर्ण, बिजय कुमार सिंह, सन्दीप कुमार गुप्ता, परम हंस जयसवाल, बिन्देश्वरी प्रसाद  कुशवाहा, प्रदीप राम, पिटर थारु र भावना कर्ण  निर्वाचित हुनुभएको हो ।



कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष तथा स्वास्थ्य सेवा समन्वय बिभागका प्रमुख सुरेन्द्र ठाकुर, अतिथीहरु केन्द्रीय सदस्य सुशान शाही, राजेश प्रसाद यादव, एकीकृत स्वास्थ्यकर्मी संगठन मधेस प्रदेशका कोषाअध्यक्ष प्रदीप कुमार गुप्ता, एकीकृत स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष गौरीशंकर प्रसाद तथा बाराका अध्यक्ष दिपेश कुमार कुशवाहा,  एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला कार्य समिति रौतहटको उपाध्यक्ष राधा मोहन साहको उपस्थिति रहेको थियो । 

एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति बाराले पुर्णता पाए संगै मधेस प्रदेशको सबै जिल्लामा संगठनले पुर्णता पाएको छ ।






0 comments

Write Down Your Responses