Powered by Blogger.
अब त केहि सोच सरकार

 


पार्बति घिमिरे पौडेल

कस्तो कुरा सुन्नुपर्यो नारन शिव हरे ।

नेपालीलाई इजरायलमा विदेशीले मारे ।।

कति जना कुटिएर कति भुटिएर मरे ।

बुढी आमा रुन्छिन् यहीँ नारन शिव हरे ।।


मर्ने त मरिसके घाइतेलाई सरकार खुट्टा  टेकाऊ ।

इजरायलमा भएको नेपालीलाई  नेपालमा झिकाऊ ।।

जे जे हुनु भइसक्यो सरकार अब यस्तो नहोस् ।

नेपालीले नेपालैमा श्रमको मूल्य  पाओस् ।।


कति भए हेर सरकार बालबच्चा   टुहुरा ।

बुबाआमा भोग्दै छन् कति सन्तानको पीडा ।।

अबदेखि नपठाऊ है नेपालीलाई विदेश ।

आफ्नै देशमा खोले सिस्नु खाँदा हुन्छ  बेस ।।


पाइला टेक्ने ठाउँ छैन जाँदा एयरपोर्टमा ।

को बेहोर्छ भन सरकार इजरायल  घटना ।। 

टिभीतिर हेर्दै होलान् समाचार  सरकार ।

नेपालीलाई नेपाल झिकाऊ नत्र खबरदार ।।


विदेश जान अब सरकार छिटो लगाऊ रोक ।

दुखो मन  फुट्यो मुटु इजरायलको शोक ।।

हाम्रो देशमै कलकारखाना खोल सरकार खोल ।

नेपाली यहाँ सारा रोयो अब केही बोल ।।


सकुशल नै झिकाऊ सरकार नेपालीलाई नेपाल ।

हेरिबस्छौ रमिता के सरकारलाई खबरदार ।।

कति मरे कति घाइते कति रुँदै होलान।

नेपालीलाई छिटो सरकार अब नेपाल बोलाउ।।


रेमिट्यान्सको पैसाबाट हाम्रो सरकार चलो ।

इजरायल घटनाले दुःख मात्रै फल्यो ।।

खबरदार छिटो सरकार अब केही गर ।

मृतकको परिवारलाई क्षतिपूर्ति भर ।।


0 comments

Write Down Your Responses