Powered by Blogger.
विके पाल्पालीको स्मृतिमा ४९ औं जन्मजयन्ती मनाइयो


काठमाडौं  ।  पत्रकार तथा साहित्यकार बी.के.पाल्पालीको ४९ औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न भएको छ । काव्य घर नेपालको साहित्य विभाग अन्तर्गत पेरोल काव्य घर नेपालले आयोजना गरेको कार्यक्रममा पाल्पालीको कृतित्व र व्यक्तित्व माथि विमर्श समेत गरिएको थियो । 

बरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वमान सदस्य सचिव जतग् उपाध्याय ‘प्रेक्षित’द्धारा बी.के पाल्पालीको तस्विरमा माल्यापर्ण गरि उद्घाटन भएको थियो । सो अवसरमा पाल्पालीको कृतित्व तथा व्यक्तित्वको विमर्श गरिएको थियो । 

काव्यक्षेत्रका बारेमा महाकवि चन्द्रप्रसाद न्यौपाने, हाइकु साहित्यका बारेमा दिब्य गिरीद्धारा  विर्मश गर्दै पाल्पालीको योगदानको चर्चा गरिएको थियो । पाल्पालीको हाइकु लेखन इतिहासमा ठूलो योगदान रहेको र हाइकु साहित्य र सैद्धान्तिक अवधारण सिद्धान्त कृतिले हाइकु लेखनलाई ठूलो टेवा पु¥याउँने उहाँले बताउँनु भयो । 

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ र केन्द्रीय सदस्य तथा काठमाडौं शाखाका निवर्तमान अध्यक्ष शन्तराम बिडारीले पत्रकार पाल्पालीको पत्रकारिताको  योगदानको बारेमा बोल्दै पत्रकार पाल्पालीको अभाव खड्किएको बताउँनु भयो । 

साथै उहाँहरुले पत्रकार महासँघको अभियानबाट पाल्पालीलाई थप नौ बर्ष बचाउँन सफल भएको समेत बताउँनु भयो । 

काव्य, महाकाव्य गरि १५ वटा कृतिका स्रष्टा बहुप्रतिभाका धनी पाल्पालीले कानून,समाजशास्त्र,राजनीतिशास्त्रर शिक्षासंकायमा स्नातक गरेका गरेका थिए । मिर्गौला विरामीकै कारण निधन भए पनि उहाँ अमर भएको भन्दै वक्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

पाल्पालीको जीवनी राजन न्यौपानेले प्रकाश पार्दंै पाल्पाली अमर भएको बताउनु भयो । 



मन्यव्य राख्नेहरुमा विशेष अतिथि प्रा.डा.हेमनाथ पौडेल, र अतिथिहरु सरस्वती गौतम, नरनाथ लुइटेल,राधेश्याम लेकाली, लक्ष्मी उप्रेती,चेतनाथ धमला लगायतले पाल्पालीकोबारेमा बोल्नु भएको थियो भने डा.शशी थापा, ललिता ‘दोषी’ राधिका कल्पित र विजयध्वज थापाले पाल्पालीका बारेमा कविता बाचन गर्नु भएको थियो । 

अन्जना पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा साहित्यकार पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थाका संयोजक रेणुका भट्टराईले संचालन गर्नु भएको थियो । 

उक्त कार्यक्रममा संस्थाले पत्रकार तथा साहित्यकार बी.के पाल्पाली स्मृति पुरस्कार सम्मानको घोषणा गरेको थियो । उक्त कार्यक्रमको समीक्षा प्रा.डा.सावित्री कक्षपतिले गर्नु भएको थियो । कार्यक्रममा श्रष्टा अन्जना पौडेल स्वागत मन्तव्य राख्दै पाल्पालीके व्यक्तित्वबारे थप चर्चा गर्नुभएको थियो । 





0 comments

Write Down Your Responses